Latest Articles
डा. गोविन्दशरण उपाध्याय
मेरो गाउँको कथा : बाच्छाट
मेरो गाउँको कथा : बाच्छाट विहादिका (बराचौर र रानीपानी गाविस) का बारेमा मेरो ऐतिहासिक ज्ञान छैन भन्दा पनि हुन्छ | हामीले देखेको र भोगेको विहादी फाँट र जंगलका लागि प्रसिद्ध छ | वराचौरको वडा नम्बर १ (हाल विहादी-२) यस्तो वडा हो जसका १००% वासिन्दाहरू पराजुली छन् र त्यसमा पनि बाहुन मात्रै | विगत ३० वर्ष अगाडिसम्म यस गाउँका अधिकांस वासिन्दाहरू अशिक्षित थिए भने अहिले समयले कोल्टे फेरेको छ | हरेक घरमा कमसेकम स्नातकतह पढेको नयाँ पुस्ता अहिले सजिलै भेट...
शरणबिक्रम मल्ल
पूर्तिघाट, रानीपानी,भतेरपाटा पैयुँ राज्य इतिहासका प्रस्थान विन्दुहरु
चैते दशैँ मानेर राजा खोज्न गएका गन्जु आले, पीउर राना, शेरु चितौरे र बदल थापामगरको बर्खा सिद्धिन खोज्दा पनि अत्तोपत्तो थिएन। कालो निलो भएर काली गण्डकी बगी रहेकी थिइन्, राजाको स्वागतमा नयाँ बनाईएको टुनीको रातो डुंगा दिनको एकदुई पटक कालिको ओल्लो किनार र पल्लो किनार गरिरहन्थ्यो । राजा कहिले खोजि ल्याउलान र काली गण्डकीको सयर गराउन पाईएला भनि नयाँ सुन्दर डुंगाले कुरेको महिनौं बितिसकेको थियो। आले, राना, चितौरे र थापा मगर मुखियाहरुले अह्राएका मान्छेहरुले...
कमल रेग्मी
कोरानाको डर अनि त्रासले निन्द्रा नै लाग्दैन
पैसा कमाउने, घर परिवार पाल्ने सुखी र खुसी हुने । अझ भनाैं गाउँको पहाडबाट सहरमा सर्ने अनि सहरमै घर बनाउने । परदेश लाग्दै गर्दा सबैको मनमा यस्तै यस्तै सपना हुन्छन्  । त्यही ठूलो सपना बोकेर म पनि कतार आएर  कतारको पाईप कम्पनीमा  काम गर्दैछु । तर अहिलेको परिस्थिती हेर्दा लाग्छ, पैसा कसका लागि कमाउनु ? के को लागि कमाउनु ? आखिर जिन्दगीभन्दा ठूलो पैसा होइन रहेछ । सायद यस्तै लागेको होला अरु परदेशीलाई पनि ।तर मर्नुअघि नै खुट्टा तान्न हुँदैन...
समिर शर्मा
अस्पताल व्यवस्थापनमा कोरोना भाईरसका चुनौतिहरु
समिर शर्मा, जनरल मेडिसिनचैत्र २४, पर्वत । नोबल कोरोना भाईरस (कोभिड १९) चीनको वुहान शहरबाट शुरुवात भई विश्वभरि माहामारीको रुपमा विश्वको २०८ देशमा फैलिसकेको र हालसम्म ७० हजारभन्दा बढीको मृत्यु भइसकेको छ । कोरोना भाईरसका मुख्य लक्षणहरुमा १००.४ डिग्री भन्दा बढि ज्वरो, छाति दुख्ने, स्वास प्रश्वासमा गाह्रो हुने, सुख्खा खोकी लाग्ने, माँसपेशी दुख्ने, र कमजोरी महसुस  हुने ।अस्पतालका चुनौतिहर...
इनद्रकान्त शर्मा
विसे पन्त, लमाए खोला र फलेवासवासी जनता
फलेवासको कमलो, नरम माटोमा जन्मिनु भएका ८–१० जना विशिष्ट व्यक्ति मध्येमा  स्व. विसे पन्त प्रमुख हुनुहुन्छ । फलेवासका समथर मैदानमा सिचाँइको शुरुवाती मजवुत जग  उहाँले राख्नुभएको थियो । आजको हराभरा फलेवासको श्रेय उहाँलाई नै जान्छ ।  विसे पन्त (देविप्रसाद पन्त) लमाएखोला पारिपट्टि अर्थात लिमीठाना निवासी हुनुहुन्छ । तर उहाँ लमाएखोलाको वारिपट्टि तत्कालीन फलेवास हालको खानीगाँउमा बस्नुहुन्थ्यो । लमाएभन्दा वारिपट्टिको खेतमा अर्थात हालको खानीग...
दिपिका भुसाल:
यहुदी समाजले बदलेको जीवन
समय परिवर्तनशील छ । जसरि प्रकृतिमा समयले ऋतु हरु बदलीरहन्छ त्यसरी नै जिन्दगि मा पनि परिवर्तन हरु भईरहन्छन । प्रकृति यौटै चक्रमा घुम्छ तर जिन्दगि कुनै म्युजिकल चेयर जस्तो यौटै चक्रमा नघुम्दो रहेछ ।जीवन एउटा यात्रा र हण्डर, ठक्कर अनि चोट हरु त्यो यात्राका कोशेढुंगा हरु हुदारहेछन । आफुले जिन्दगि व्यतित गर्दा खाएका हण्डर हरु सम्झिनु, ठक्कर हरु गन्नु र चोट हरु सुम्सुम्याउनु पनि जिन्दगि कै एउटा अभिन्न पाटो हो । त्यतिबेला बल्ल बुझिने रहेछ संसारमा सबै भन...
भुमिराज शर्मा
गजल
हाल हाल बजेट आफ्नै करेसामा हाल । आफ्नै आगन बारी अनि चौघेरामा हाल ।।   वल्लो पल्लो गाउँतिर फड्को मार्नु हुन्न । आफ्नै दैलो पिढी अनि कटेरामा हाल ।।   काकाकुल परुन अरु चासो किन राख्नु । आफ्नै कुवा धारो अनि पधेरामा हाल ।।   आफू भलो जगत भलो भन्ने दर्शन तिम्रो । आफ्नै डाँडा पाखा अनि पखेरामा हाल ।।   फेरि टिकट पाउने अनि जित्ने निधो छैन । आफ्नै भुँडी भरिने गरी हत्केलामा हाल ।।
ओमप्रसाद घायल
एउटा क्रान्तिकारीको वयान
'कर'का लागि कर गर्नुनै छकिनकि विछ्याउनु छ महारानीको दरवारमा नयाँ गलैंचाबनाउनु छ - मन्त्रीको क्वाटरमा अत्याधुनिक 'जीमहल'र फेर्नुछ वाथरूमको सौन्दर्य ।जनताको अगेनामा आगो बल्नु र नबल्नुमासरकारको के दोष !सरकारले त केवलक्रान्तिको अद्भूत सपना देखाउनु छगाउँघरमै कल्पनाको रेल ल्याउनुछनदीमा पानीजहाज चलाउनु छर नक्सामै भएपनि बनाउनु छ - नयाँ नेपालस्थापना गर्नुछ केबल- सर्वहारावर्गको अधिनायकत्व ।तर नागरिकहरूसरकारको अग्रगामी कर्मलाई देख्दैनन्प्रशंसा गर्दैनन्, ताल...
लेखक : नरनाथ सापकोटा
शिक्षामा सुधार कसरी गर्न सकिन्छ ? नरनाथ सापकोटाका उपयोगी टिप्सहरु
शिक्षा विकासको जग हो । शिक्षाले व्यक्तिमा चेतनाको जागृत गराउँछ र उसको सोचाइ तथा व्यवहारमा परिवर्तन ल्याउँछ । व्यक्तिमा ज्ञान, सीप र धारणाको विकास गराउँछ । शिक्षाको माध्यमबाट नै देशको आवश्यकताअनुसारको जनशक्ति उत्पादन गरी विकासका गतिविधि अगाडि बढाउन सकिन्छ । सरकारले बर्षनी करोडौँ रकम शिक्षामा खर्च गदै आएको छ । यति ठूलो रकम खर्च गर्दा पनि सरकारले शिक्षाबाट अपेक्षित उपलब्धि हासिल गर्न नसकेको भनी सार्वजनिक रुपमा व्यक्त गर्ने गरेको पाइन्छ । यस पक्...
साजन परियार
दलित मुक्तिको वैकल्पिक बाटो
घटना आजभन्दा ११ बर्ष अगाडीको हो । मेरो मनसपटलमा अझै पनि ताजा छ । कुश्माबाट आमा र म घर फर्किदै थियौँ । बाटोमा एक जना मुसलमान दिदिको पसल थियो । आमासँग राम्रो चिनजान भएका कारण ति दिदिलाई कान्छी सम्बोधन गर्नुहुँदोरैछ  । दिदि भित्र अगेनामा बसेर सेल रोटी हाल्दै हुनुहुन्थ्यो । दिदिले हामीलाई भित्र बोलाउनु भयो । हामी भित्र प¥यौँ । एकछिन बसौँ । हामी त्यहाँवाट निस्कन खोज्दा दिदिले रोटि खान आग्रह गर्नुभयो । आमाले मान्नुभएन् । मलाई सेल रोटी देख्दा...