Correspondent, ParbatNepal
3 years ago
1961
पर्वत समाज जापानको छैटौं अधिवेशनबाट जनक सुबेदी अध्यक्षमा चयन हुनुभएको छ । यस्तै महासचिवमा राम बास्तोला सर्वसहमत रुपमा चयन हुनुभएको छ । अधिवेशनबाट उपाध्यक्षमा सुबास लामिछाने,मुक्तिराज रेग्मी,रमेश काफ्लेलाई चयन हुनुभएको छ । यस्तै अधिवशेन मार्फत सचिवमा विनोद न्यौपाने,अनिल पन्त,कोषाध्यक्षमा विमल न्यौपाने,सहकोषाध्यक्षमा कृष्ण भूषाल चयन हुनुभएको छ यस्तै सदस्यहरुमा राजेन्द्र भूषाल,अर्जुन कुमार बस्याल,बसन्त कुमार जोशी,अर्जुन तिवारी,बिकास सापकोटा,सञ्जिता सुनार,अर्जुन थापा,राम भूषाल,सागर सापकोटा,कृष्ण भूषाल,सुरज पौडेल बालकृष्ण रिजाल,रविन शर्मा,दिपक गुरुङ,राजु गौडेल,जिवन गुरुङ,राजेन्द्र शर्मा,नारायण पौडेल र रमेशराज जैसी चयन हुनुभएको छ । अनलाइन माध्यम जूम बाट अति नै सौभाद्रपूर्ण रुपमा अधिबेशन सम्पन्न भएको निर्वाचित महासचिब राम बास्तोलाले बताउनु भएको छ। पर्बत समाज बेल्जियम तथा विभिन्न देशबाट का पर्बत समाज बाट शुभकामना पर्दान गरिएको
कार्यक्रममा आर्थिक प्रतिबेदन बसन्त कुमार जोशी ले राख्नु भएको थियो। बिशिस्ट अतिथि आइसीसी कोषाध्यक्ष महेश श्रेष्ठले कार्यक्रम सफलताको शुभकामना ब्यक्त गर्दै पर्बत समाजको क्रियाशीलताको प्रसंशा गर्नु भएको थियो। कोभिड महामारीमा प्रबासी हाम्रो योगदान महत्वपूर्ण हुने बताउदै आगामी दिनमा पर्बत समाज जापान को भूमिका उच्च हुने आशा ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा सहभागी हुदैँ सहभागी सदस्य
राष्टिय सभाध्यक्ष गणेश तिमिल्सिनाले अधिबेशनको उद्घाटन गर्दै पर्बत समाज जापानले बिगतमा गरेको कामको प्रशंशा गर्दै आगामी दिनमा पनि प्रबासमा बसेर पर्बत सहित देशको सेवामा जुट्ने आशा ब्यक्त गर्दै नयाँ चयन हुने कार्यसमितिलाई शुभकामना ब्यक्त गर्नु भएको थियो। अधिबेशन सम्पन्न गराउन ओम गुरुङ को संयोजकत्वमा ३ सदस्यीय समिति बनाइएको थियो । जसमा इश्वर जोशी साथै पत्रकार महासंघ जापान का पुर्व अध्यक्ष मोहन घले रहनु भएको थियो।
पर्बत समाज जापानका अध्यक्ष सुजन जोशी अध्यक्षतामा भएको कार्यक्रमको संचालन जनक सुबेदी महासचिबले संचालन गर्नु भएको थियो।