Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

3 years ago

1691




एनआरएन बेल्जियममा खड्क केसी नै किन ? हेरौँ उनको एजेण्डा र भावी कार्ययोजना
एनआरएन बेल्जियममा खड्क केसी नै  किन ? हेरौँ उनको एजेण्डा र भावी कार्ययोजना

पर्वतनेपाल

गैह्रआवासीय नेपालीहरुको संस्था एनआरएनको चुनावी माहोल अहिले विभिन्न देशमा चलिरहेको छ । आउँदो जुलाई २५ तारिखमा बेल्जियममा चुनाव हुँदैछ । ती मध्येका एक हुन, खड्कबहादुर केसी ।

आफूलाई सशक्त उम्मेदवारी दाबी गरेका केसीले हालसम्म केके काम गरेका छन त ? उनका भावी कार्ययोजनाहरु केके छन उनी नै अध्यक्षका उपयुक्त दाबेदार हुनुको कारण के हो ?  को हुन केसी ?

केसी तिनै व्यक्ति हुन, जो बेल्जियमको सरकारी र गैर सरकारी निकाय सँग सिधै सम्पर्क राख्ने ल्याकत गर्छन । त्यहाँका सांसद, मेयर र उपमेयरहरु उनको रेष्टुरेण्टमा आउँछन र केसीले नेपाली ससमुदायका समस्या र चाहानाहरु उनीहरुलाई सुनाउँछन र समाधानको प्रयास गर्दछन।

बेल्जियमको राजनीतिमा पनि सक्रिय केसीले नेपालीको अस्थायी बसोबासको समस्यालाई लिएर नेपालमा भुकम्प गएको बेला नेपालीहरुको स्थाई बसोबास को अनुमति प्राप्तीको लागी त्यहाँको संसदमा निवेदन पत्र बुझाएका थिए।

हालसालै मात्र बेल्जियम बस्ने अनुमति प्राप्त नगरि सकेका २५० भन्दा बढि नेपालीहरुले के सी कै सक्रियतामा कोरोनाको खोप लगाउन सफल भएका छन भने यो क्रम जारी छ ।

बेल्जियमको दुई दशकको बसाइमा एनआरएउनमार्फत नेपाली समुदायको लागि डेढ दशक खर्चिएका उनै केसी अहिले एनआरएन बेल्जियमको अध्यक्ष पदका उम्मेदवार बनेका छन ।

आउँदो जुलाई २५ गते त्यहाँ चुनाव हुँदैछ । चुनावी सरगर्मीले बेल्जियम तातेको छ ।

यही माहोलमा केसीले आफ्नो बलियो दाबेदारी र दाबेदारीका सशक्त आधार पनि प्रस्तुत गरेका छन । बेल्जियमको डच भाषामा डिप्लोमा गरेका केसी आफू योग्य हुनुको एउटा कारण भाषा नै रहेको बताउँछन ।

त्यहाँको सरकारसँग र स्थानिय निकायहरु सग सिधै कुराकानी गर्न सक्ने पहुँच भएका के.सी. पर्वत जिल्ला जलाजला गाउँपालिका ८ नाग्लिवाङमा बाबा जय बहादुर के सी र माता पबित्रा के सी का कान्छा सुपुत्र हुन । उनी त्रिभुवन युनिभर्सिटी काठमाण्डौबाट बिबीएस सम्मको अध्ययन पछी बेल्जियम लागेका थिए । ३ राष्ट्रीय भाषा भएको देश बेल्जियममा भाषागत समस्या छ र अगाडी बढ्न र त्यहाँको समाजमा घुलमिल हुनको लागी के सी ले डच भाषामा डिप्लोमा हासिल गरे त्यपछी क्रमश विद्युतिय साइकिल ईन्जिनियरिङमा डिप्लोमा, हाईजेनिक र बिजनेस म्यानेजमेण्ट जस्ता थुप्रै तालीम प्राप्त गरेर लामो अनुभव बटुलेका छन ।

उनी एक व्यवसायी त हुन नै, सामाजिक अभिन्ता र एक राजनीतिज्ञ पनि हुन।त्यहाँको सरकारसँगको सिधै पहुँच उनले भाषाको ज्ञान र स्थानिय राजनीतिबाट नै आर्जन गरेका हुन ।

बेल्जियम मा २०१४ मा भएको स्थानिय निकायको निर्वाचनमा लुभेन नगरपालिका सदस्य र बेल्जियमको केन्द्रीय संसदको लागि सासदको उमेदवार समेत भएका उनै केसी र उनको उम्मेदवारीबारे पर्वतनेपालले गरेको संक्षिप्त कुराकानी:

तपाई जुन देशको एनआरएनको अध्यक्षको उम्मेदवार बन्नुभएको छ  त्यही देशमा नेपाली समुदायका सयौ जना बेल्जियम बस्ने अनुमति प्राप्तिको प्रतिक्षामा छन भन्ने सुनिन्छ तपाइले यो मुद्धालाई कसरी सम्बोधन गर्नुहुन्छ ?

बेल्जियममा जति पनि नेपालीहरु अस्थाई रुपमा बसोबास गर्नु भएको छ  र हामीलाई सहयोग को लागी अपील गर्नुभएका हरेक समयमा आवस्यक सहयोग गर्दे आईरहेका छौ तर मैले नेतृत्व लिएँ भने नेपालीहरुलाई बेल्जियम बस्ने अनुमति दिलाउन आफुले सकेको पहल गर्नेछु ताकी कुनै पनि नेपालीहरु बेल्जियम बस्ने अनुमति बाट वञ्चित हुन नपरोस 

जस्तै मैले यहाँको स्थानीय निकाय सँग समन्वय गरेर हालसालै यहाँ अस्थाई बसोबास गर्ने नेपालीहरुलाई भ्याक्सिन उपलब्ध गराएका छौ । हामीले समस्यामा रहेका नेपालीहरुको कोठाभाडा समेत तिरिदिएका छौ भने राहत वितरण गरेका थियौ।

विपत र सामाजिक सेवा त एनआरएनकै पहिचान बनेका छन । तपाईं पर्वत जिल्लामा जन्मेर पहिचान बनाउन सक्षम एक युवा, व्यवसायी, र अहिले नेतृत्वमा पुग्न आँटेको हस्ती । तपाइको यो सफलताको गन्तव्यमा पुग्दै गर्दा पर्वतवासीले के अपेक्षा गर्ने र?

पर्वतमा जन्मिएँ, हुर्किएँ । मैले नेतृत्व लिएपनि नलिएपनि मैले कहिल्यै पर्वतलाई भुल्ने छैन । म पर्वतसँग जोडिएको छु । अन्तर्राष्ट्रिय पर्वत समाज, पर्वत समाज बेल्जियमसँग पनि जोडिएको छु । जिल्लाको विकासको लागि हामीले सोचिरहेका छौ। सानोतिनो सहयोग अहिले पनि गरिरहेका छौ। केही ठुलो योजना बनाउने र जिल्लामा रोजगारी सिर्जना हुने खालका प्रोजेक्ट को बारेमा सोचिरहेका छौ।

पर्वतबाट काठमाण्डौ अनि बेल्जियम । र, अहिले बेल्जियमको राजनीतिमा पनि सक्रिय साथै एनआरएन बेल्जियमको अध्यक्षको उम्मेदवार रु तपाई उम्मेदवार हुँदै गर्दा तपाइले अहिले सम्म गरेका कार्यहरु के के हुन ?

१. नेपालमा भूकम्प गएपछी नेपालीहरुको घाउमा थोरै भएपनि मलम लगाउन रेडक्रस भलान्दरेन मार्फत ३५००० युरो करिब ४० लाख नेपाली रुपैया नेपाल पठाएको साथै आफु ब्यक्तिगत रुपमा खटेर बच्चाहरुले स्कुलमा उठाएको र आफ्नो रेष्टुरेण्टमा उठाएको गरेर ५ लाख रुपैया बराबर गैर आवसीय नेपाली संघ बेल्जियम र मोना बेल्जियम मार्फत नेपाल पठाउन सफल भएका थियौ।

२. अस्थायी रुपमा बेल्जियममा बसोबास गर्ने नेपालीहरुको स्थाई बसोबास को अनुमति प्राप्तिको माग सहित बेल्जियमको संसदमा निबेदन पत्र बुझाएको।

३. गैर आवसीय नेपाली संघ बेल्जियमको १५ बर्षको इतिहास मा २०१८ मा मेरो संयोजकत्वमा एक सफल ,फलदाई नेपाल महोत्सव साथै पहिलो नेपाली नयाँ बर्ष को कार्यक्रम धेरै बिशीष्ठ बेल्जियन नागरिकहरुको उपस्थिति मा गरेका थियौ।

४. नेपाली दूतावास बेल्जियम संम्योजकत्व र गैर आवसीय नेपाली संघ बेल्जियम को समन्वय मा होलिडे फेयरमा स्टल सजावटको संयोजक भएर एक सुन्दर आकर्षित स्टल बनाउन सफल भएको थिए।

५. १७१९ कार्यकालमा सदस्यता बितरण तथा नबिकरण समितिको संयोजक भएर mis system बाट सदस्य बन्ने काम हामीले गरेका थियौ।

६. गैर आवसीय नेपाली संघ बेल्जियमले सुरु गरेको नेपालीहरुको डाँटा कलेक्शनको काम बिशेष गरी लुभेन क्षेत्रमा मेरो संयोजकत्व मा सफल भएको थियो।

७. कोरोना महामारी सुरु भएपछि बेल्जियममा बस्ने अनुमति नभएका र रोजगार गुमाएर समस्यामा परेका नेपालीहरु साथै हाम्रो मातृभूमि नेपालमा आर्थिक सहयोग पठाउनको लागी बेल्जियम को एक निकाय बाट गैर आवसीय नेपाली संघ बेल्जियमलाई १० हजार युरो ९१४ लाख नेपाली रुपैया० सहयोग उपलब्ध गराउन सफल भएको थिए।

८. ब्यवसायी संघ बेल्जियम मार्फत बेल्जियम स्थिति नेपाली ब्यवसायी मित्रहरुलाई मुनाफा हुने गरी ईन्धन प्रयोग गर्दा बजार मुल्य भन्दा प्रति लिटर १० सेन्ट सस्तो साथै ब्यवसायी संघलाई पनि अहिलेलाई १ सेन्ट प्रति लीटर र पछी ५ सेन्ट सम्म कमीशन आउने गरी अन्तराष्ट्रीय कम्पनी 'बेल्जियन फ्युल कार्ड' सगँ समझौता गर्ने कामको इनीसियशन पनि मैले लिएको थिए।

९. बेल्जियममा बस्ने अनुमति प्राप्त नगरी सकेका २५० भन्दा बढी नेपालीहरुलाई कोरोना को खोप दिलाउन पनि मैले नै ईनिसीयशन लिएको थिए।

१०. बेल्जियममा बस्ने सबै नागरिकहरुले अनिवार्य गर्नुपर्ने स्वास्थ्य बीमाको लागी नेपालीहरुलाई कसरी गैर आवसीय नेपाली संघ बेल्जियममा आकर्षित गर्न सकिन्छ र बेनेफिट दिन सकिन्छ त भनेर बेल्जियमका बिमा कम्पनीहरु मध्य राम्रो र सस्तो को खोजी गरी सम्झौता पत्रमा हस्ताक्षर गर्ने कामको ईनिशिएशन पनि मैले नै लिएको थिए।

भावी कार्ययोजनाहरु

१. नेपाल र नेपालीहरुको पहिचान खुल्ने गरी बेल्जियममा सांस्कृतिक भवन बनाउन पहल गर्ने।

२. युवा पुस्ताहरुका मागलाई संबोधन गरी संस्था प्रति आकर्षित गर्ने।

३. बेल्जियमका सबै नेपालीहरुलाई फाईदा हुने खालका अभियानहरु चलाएर नेपालीहरुलाई एकताबद्ध गरी संघ प्रति  आकर्षित गर्ने।

४. मातृभूमिका लागी  नेपालीहरुले बेल्जियममा सिकेको शिप, ज्ञान ,क्षमतालाई र पुजीलाई नेपालको बिकास र हितमा प्रयोग गर्न मोटीभेट गर्ने।

५. मातृभूमि र नेपाली समाज बेल्जियमको लागी हित हुने खालका कार्यक्रमहरु गर्ने।

६. सबै बेल्जियम स्थित नेपालीहरुको अपनत्व हुने गरी एन आर एन ए बेल्जियमलाई रुपान्तरण गर्ने।

७. संस्थाका पुर्व अध्यक्षहरु साथै सबै अग्रजहरुलाई सम्मान गर्ने परिपाटी बसाल्ने।

८. एन आर एन केन्द्रको क्ःब्च्त्  ल्च्ल्ब् अभियानलाई स्थापित गराउन पहल गर्ने।

९. नेपाली समुदायलाई बेल्जियमको स्थानिय समुदायसंग घुलमिल गराई समाजको हितमा काम गर्ने।

१०. उच्च शिक्षा हासिल गरेर पनि  भाषाको समस्याका कारण  राम्रो रोजगारी नपाएका र ब्यवसायमा पनि सफलता प्राप्त गर्न नसकेका नेपालीहरुका लागी आवस्यक तालिम र सहयोगको लागी बिभिन्न निकाय सग समन्वय गरी सकेको सहयोग गर्न पहल गर्ने।

na
सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( प्रवास)