
Correspondent, ParbatNepal
2 years ago
2163

पर्वत
विहादी गाउँपालिकाका गठबन्धनका संयुक्त उमेदवारले लोकप्रिय घोषणापत्र सार्वजनिक गरेका छन । गाउँपालिकामा कांग्रेसका युवा नेता परविन गुरुङ अध्यक्षका उमेदवार छन । समाजसेवी र विकासप्रेमी नेताको छवि बनाएका गुरुङलाई अन्य दलको समर्थन पनि छ । गाउँपालिकाको उपाध्यक्षमा भने सविन गुरुङ उमेदवार छन ।
यी दुई संयुक्त उमेदवारहरुले विहादीको आवश्यकता बुझेर घोषणापत्र ल्याएका छन ।
जसमा कृषि कर्जा देखि विद्युत महसुलमा छुट, किसानलाई पुरस्कृत गर्नेदेखि लोकसेवा, शिक्षक सेवाका कक्षाहरु निशुल्क सञ्चालन गर्नेसम्मका छन । प्रत्येक ३÷३ महिनामा ६० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकको निशुल्क स्वास्थ्य परिक्षण र वर्षमा एकपटक सबैको स्वास्थ्य परिक्षणको व्यवस्था घोषणापत्रमा उल्लेख छ ।
घोषणापत्रको पूर्णपाठ :
आदरणीय जनसमुदायहरु
’लोकतन्त्र’ शब्दले होइन, व्यवहारले सम्बोधित हुनुपर्दछ । नेपाली काँग्रेसले आफ्नो स्थापनाकाल देखिनै लोकतन्त्रप्रति निष्ठा राख्दै यसका मान्यताप्रति प्रतिवद्ध रहँदै आएको छ । हामीले यसलाई कुन हदसम्म आत्मसाथ गर्न सकेका छौं, यसको मुल्याङकन न्यायप्रेमी नागरिकहरुले नै गर्नु हुनेछ । इमान्दार प्रतिवद्धताका वावजुद पनि सिङ्गो नपाली काँग्रेसले आफ्नो लोकतान्त्रिक सङघर्षको इतिहासमा निरंकुश, निर्दलीय, एकदलीय जस्ता आन्तरिक चरित्र वोकेका तर आवरणमा खरो प्रजातन्त्रको प्रवक्ता बन्दै आएका छदम्भेषी तत्वहरुको सामना गर्नु परेको तथ्य कसैवाट लुकेको छैन । तथापि नेपाली काँग्रेस राष्ट्रियता, लोकतन्त्र र समाजवादको मूल आर्दशवाट कत्तिपनि विचलित नहुने प्रण गर्दछ । सवैखाले अतिवाद र छलिकपटका विरुद्ध चनाखो भएर नागरिक अधिकारको रक्षाको लागि इमान्दार सिपाहीको रुपमा नेपाली काँग्रेस यहाँहरु माझ रहन चाहन्छ र रहने प्रतिवद्धता समेत व्यक्त गर्दछ ।
वर्तमान परिप्रेक्षमा प्रतिगमनका मतिहारहरुलाई परास्त गर्न र शक्तिका आडमा राष्ट्रिय सम्पत्ति दोहन गर्ने राष्ट्रद्रोहिहरु सँग लड्न विशेषतः १२ वर्षे जनयुद्धको पृष्ठभूमिबाट जनतामाझ आएको परिवर्तनको संबाहक ने.क.पा. (माओवादी केन्द्र) र नेपाली काँग्रेस बीच बाम लोकतान्त्रिक गठबन्धन तयार गरी एकसाथ चुनावी मैदानमा होमिएका छौं विकृति, विसंगति, प्रतिगमन र भ्रष्टाचारका विरुद्ध लड्ने पवित्र गठबन्धनलाई आत्मैदेखि साथ दिई स्थानिय तह निर्वाचन २०७९ मा गठबन्धनका उम्मेद्वारलाई मत दिई ’समुन्नत बिहादी र सम्मानित बिहादीबासी’ भन्ने हाम्रो प्रतिवद्धतालाई साकार पार्न सविनय अनुरोध गर्दछौं ।
कृषि तथा सिंचाई
’सिप चिन्छ पालिकाले किन्छ’ कार्यक्रम अर्न्तगत किसानले उत्पादन गरेको कृषिजन्य उपज निश्चित मुल्य सूचिमा पालिकाले खरिद गरी पालिका भित्र सहुलियत दरमा विक्री गर्ने र बाँकी स्वयम् पिकअप गरी बजार सम्म पु¥याउनेछ ।
’बिहादीको समृद्धि उत्पादनमा बृद्धि’ कार्यक्रम अन्तर्गत पालिकाले बाझो जमिनमा फलफूल खेति गर्न चाहानेलाई प्रति रोपनि ३०००, तरकारी खेति गर्न चाहानेलाई प्रति रोपनि ४०००, र अधियामा खेति गर्न चाहानेलाई प्रति रोपनि ५०००, जोताइ खर्चमा अनुदान उपलब्ध गराउनेछ ।
बैंक तथा वित्तिय संस्थासँग समन्वय गरी न्यूनतम व्याज दरमा कृषि कर्जा उपलब्ध गराउन पहल गरिनेछ ।
’आफै मालिक आफै कामदार’ कार्यक्रम अर्न्तगत माछापालन, बाख्रापालन तथा पशुपालन, फलफूल खेति, तरकारी खेति र दुग्ध उत्पादन जस्ता कृषिजन्य उद्योगहरुमा नविनतम प्रविधिको प्रयोग गरी उत्पादनमा जोड, संकलन केन्द्र, बजार व्यवस्थापन र अनुदान कार्यक्रम अगाडि सारिनेछ ।
पालिकाद्वारा एक वडा, एक कृषि तथा पशुसेवा प्राविधिक कर्मचारीको व्यवस्था गरिनेछ । कृषिजन्य उपजको विउविजन, बेर्ना, किटनासक औषधी, मल, घाँसको विउ वितरण तथा पशु खोर तथा नश्ल सुधार तालिमको व्यवस्था गरिनेछ ।
एक घर, एक कृषि युवा स्वरोजगारको ग्रामीण स्वावलम्वन कार्यक्रम अवधारणा अगाडी बढाइनेछ ।
उत्कृष्ट किसानलाई नगद कृषि पुरस्कारले सम्मान गरिनेछ ।
शिक्षा
aster Mind समूह निर्माण गरी शिक्षा क्षेत्रका विभिन्न सम्भावना र अवसरको खोजि गरी गुणस्तरीय शिक्षामा जोड दिने ।
निशुल्क लोकसेवा आयोग र शिक्षा सेवा आयोगका कक्षाहरु सञ्चालन गरिनेछ । See तथा +२ मा उर्तीण उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिनेछ ।
शिक्षामा प्राविधिक कार्यक्रम सञ्चालन गर्ने विद्यालयलाई अनुदानको व्यवस्था गरिनेछ ।
Online कक्षामा सहजिकरण गर्न सम्पूर्ण विद्यार्थीलाई क्ष्लतभचलभत को पहुँचमा ल्याइनेछ ।
सम्पूर्ण विद्यालयहरुमा शैक्षिक सामग्रीको उपलब्धता प्राविधिक शिक्षा, पुस्तकालय लगायत विभिनन शैक्षिक अध्ययन केन्द्रमा जोड दिई पूर्ण साक्षर गाउँपालिका बनाइने छ ।
कक्षा १२ सम्म पूर्ण निशुल्क शिक्षाको व्यवस्था मिलाईने छ। जेहेन्दार, दलित, जानजाति, अपाङ्ग र विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ ।
स्वास्थ्य
पालिकाले प्रत्येक परिवारलाई एक लाख सम्मको निशुल्क स्वास्थ्य बिमाको अवधारणा अगाडि सार्नेछ। प्रत्येक ३/३ महिनामा ६० वर्ष माथिका नागरिकहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिनेछ ।
हरेक एक वर्षमा सबै जनताहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिनेछ ।
हाल कायम रहेका स्वास्थ्य चौकीहरुलाई थप सुविधायुक्त बनाई सेवा प्रदान गरिनेछ ।
निर्माणाधिन १५ शैयाको अस्पतालको संरचना सम्पन्न गराई विशेषज्ञ डाक्टर सहितको स्वास्थ्य सेवाको व्यवस्था मिलाईनेछ ।
विरामीहरुका लागि एम्बुलेन्स सेवा सञ्चालन गरिनेछ । मुटु, मृगौला र क्यान्सर जस्ता रोग लागेको वृद्ध तथा विपन्न वर्गका नागरिकलाई निशुल्क स्वास्थ्य उपचारका लागि आवश्यक सहयोग उपलब्ध गराउनेछ । गर्भवति महिला र जेष्ठ नागरिकलाई अस्पताल सम्म पुयाउन निशुल्क एम्बुलेन्स सेवा प्रदान गरिनेछ ।
सामाजिक सुरक्षा
सरकारले प्रदान गर्दै आएको अपाङ्ग, एकल महिला र वृद्धभत्तालाई घरघरमा पुयाउन सहजिकरण गरिनेछ ।
६० वर्ष भन्दा माथिका एकल पुरुषलाई गाउँपालिकाद्वारा भत्ताको व्यवस्था गरिनेछ ।
पिछाडिएका, लोपोन्मुख, सिमान्तकृत वर्गलाई उच्च शिक्षा सम्म निशुल्क गरिने छ ।
गरिवी निवारणका लागि शुरु गरिएका ग्रामीण स्वावलम्वन कार्यक्रम लघु ऋण कार्यक्रम, गरिवी निवारण कोष र युवा स्वरोजगार कार्यक्रमलाई प्रभावकारी बनाउँदै लगिनेछ ।
खेलकुद
युवाहरुमा खेलकुद तथा नेतृत्व विकासका लागि प्रत्येक वार्डमा क्रिकेट मैदान, भलिवल मैदान, फुटवल मैदान निर्माण गर्न पहल गरिनेछ ।
पालिका भित्रका उत्कृष्ट खेलाडीहरुलाई सम्मान गरिनेछ । मिनी रंगशालाको अवधारणा अगाडी बढाइने छ ।
प्रत्येक वर्ष ’अध्यक्ष कप’ बिहादी खेलकुद कार्यक्रम सञ्चालन गरिनेछ ।
यातायात
संघ तथा प्रदेश सँग समन्वय गरी सम्पूर्ण बाटोको स्तरोन्नती तथा कालोपत्रे गरिनेछ ।
सेतीवेणी शीला सालीग्राम देखि उरामपोखराको शिवपुरी धाम हुँदै भतेरपाटा, सल्यान, वाच्छेश्वर, वाच्छा खोला, बराचौर, रानीपानी हुँदै सेतीवेणी जोड्ने चक्रपथ (रिङ्गरोड) निर्माण गरिनेछ ।
विहादी गाउँपालिका भित्र मोटरवाटोले नछोएको ठाउँहरुमा मोटरबाटोको नयाँ ट्रयाकहरु खोलिनेछ ।
खानेपानी तथा सरसफाई
खानेपानीका मुलहरु पहिचान गरी शुद्ध खानेपानी नपुगेका ठाउँहरुमा १ घर १ धाराको अवधारणा अनुसार खानेपानी उपलब्ध गराईने छ ।
पालिका भित्रका बजार क्षेत्रको फोहोरलाई व्यवस्थित गर्न फोहोर व्यवस्थापन केन्द्रको स्थापना गरिनेछ ।
प्रत्येक वडाको टोल टोलमा म्गकत द्यष्ल को व्यवस्था मिलाई सरसफाई अभियान चलाईने छ ।
विद्युत तथा संचार
पालिका भित्रका मुख्य सडकमा विजुली बत्तिको व्यवस्था गरिनेछ ।
ई. चौतारीको स्थापना गरी, ई. चौतारीको माध्यमबाट मौसम, बाली र प्रविधि प्रयोग जस्ता कृषि सम्बन्धि सूचना आम जनता बीच पुयाई स्मार्ट भिलेजको रुपमा विकास गरिनेछ ।
२० युनिट सम्मको विद्युत महशुल निशुल्क गरिनेछ । सार्वजनिक क्षेत्रहरुमा Free Wifi को व्यवस्था गरिनेछ ।
आधुनिक प्रविधिमा सबैको पहुँचका विकास गर्ने Online मिडिया तालिमका व्यवस्था गरिनेछ ।
विद्युत कार्यालय स्थापना गरी मिटर रिडिङ्ग तथा बिल भुक्तानी प्रभावकारी बनाईनेछ ।
संस्कृति तथा पर्यटन
पर्यटन क्षेत्रको प्रतिस्पर्धी क्षमता बढाउन विशिष्ट पर्यटन क्षेत्रको पहिचान गरिनेछ ।
शिला शालिग्राम, शिवपुरीधाम, बच्छेश्वर, शितल गुफा आदि धार्मिक क्षेत्रहरुको संरक्षण तथा विकास गरी पर्यटक भित्राईनेछ ।
गोर्लेङलाई पर्यटन क्षेत्रको रुपमा विकास गरिनेछ । लुङ्ग्रेङ बाट प्यारागलाइडिङ्ग नियमति सञ्चालन तथा व्यवस्थापन गरिनेछ
होमस्टेको लागि प्रोत्साहन स्वरुप अनुदानको व्यवस्था गरिनेछ ।
मठ, मन्दिर, गुम्वा र कला संस्कृतिलाई जगेर्ना विशेष पहल गरिनेछ ।
पर्यावरण
’एक टोल एक चौतारी’ कार्यक्रम अगाडि सारिनेछ । कालिगण्डकी नदी, सेति खोला, बाच्छा खोला आदि जस्ता खहरे खोलाहरुले प्रभाव पार्ने क्षेत्रमा तटबन्धन गरिनेछ ।
सार्वजनिक क्षेत्रहरुमा आधुनिक शौचालयको निर्माण गरिनेछ ।
व्यापार तथा कर
युवा उद्यम चुनौति कोषको कार्यन्वयन गरिनेछ । स्थानिय करको दर परिमार्जित गरी ५०% सम्म स्थानिय कर कटौति गरिनेछ ।
महिलाद्वारा सञ्चालित साना तथा लघु उद्योगलाई ५ वर्ष सम्म स्थानिय कर छुट गरिनेछ ।
रोजगारी मुलक उद्योग स्थापना गर्नेलाई पूर्वाधार निर्माणमा सहयोग र ५०% कर छुट गरिनेछ ।
स्थानिय सरकार सुशासनको आधार ः भ्रष्टचार मुक्त स्थानिय तह
चुनाव जितेको ६ महिना भित्र विपन्न परिवारको पहिचान तथा उद्यमशिल बनाउन पहल गरिनेछ ।
जनताको गुनासो सम्बोधन कार्यक्रमको विकास गरिनेछ ।
सार्वजनिक स्थल तथा बजार क्षेत्रमा सि.सि.टि.भि.को व्यवस्था गरिनेछ ।
पालिकाको सेवालाई अपाङ्ग मैत्री र प्रविधि मैत्री बनाइनेछ ।
विविध
कुल सार्वजनिक विकास खर्चको अधिक्तम हिस्सा उत्पादन क्षेत्रमा लगानी गरिनेछ । यस पालिका भित्र भुकम्प बाट क्षति भएका व्यक्तिहरु र लालपुर्जा नभएका व्यक्तिहरुलाई एकिकृत तथा सुरक्षित वस्ती निर्माण गरी व्यवस्थित गरिनेछ ।
विपन्न परिवारको एक सदस्यलाई निशुल्क सीप सिकाईको व्यवस्था मिलाइनेछ । जडिवुटीहरुको पहिचान गरी उत्पादन प्रसोधन भण्डारण तथा बजार व्यवस्थापन गरिनेछ ।
पालिकाको पूर्व र पश्चिमको सिमानामा शहिद प्रवेशद्वार निर्माण गरिनेछ ।
मोटरबाटो नपुगेको घाटहरुमा मोटरबाटो पुयाई शवदाह गृह निर्माण गरिनेछ । व्यक्तित्व अभिवृद्धि, सिप वृद्धिको निम्ती आवश्यकता अनुसार विभिन्न तालिमको व्यवस्था मिलाईने छ ।
एक वडा एक पुस्तकालय, एक वडा एक योग केन्द्र स्थापना गरिने छ । श्र प्रत्येक टोलमा शिशु विकास संस्थाको स्थापना गरिनेछ ।
स्थानीय तहमै स्तरिय शिक्षा (अन्तर्राष्ट्रिय स्तरको) को लागि विद्यालयमा सम्पूर्ण भौतिक पुर्वाधार तयार गरिनेछ ।
महिला स्पोर्टस कल्बको स्थापना गरिनेछ । प्रत्येक वडामा बाल उधान (ऋजष्मिचभल एबचप) निर्माण गरिने छ ।
स्थानीय तहमै जनताको माग र आवश्यकता अनुसार आयोजनाको छनौट गरी निर्माण प्रकृया अगाडी बढाइने छ ।
यस घोषणा पत्रमा उल्लेख गरिएका योजनाहरु आगामी स्थानिय सरकारको कार्यकालमा सम्पन्न गरी संघियताको मिठ्ठो फल बिहादी बासी आदरणीय जनसमुदायलाई दिई सम्मुनत बिहादी सम्मानित बिहादीबासी को निर्माणमा सदा कटिवद्ध रहने छौं ।
’यहाँहरुको सुझाव, सल्लाह र अमुल्य मतको अपेक्षा गर्दछौं’ धन्यवाद ।
। जय बिहादी ।
Bishan Kshetri