Author
ParbatNepal
Roshan Tiwari

Correspondent, ParbatNepal

1 year ago

511




हातेमालो चोक हुवासमा फ्रि वाईफाई सेवा सुरु
हातेमालो चोक हुवासमा फ्रि वाईफाई सेवा सुरु

असोज २, पर्वत ।  पर्वतको पैंयु गाउँपालिका वडा नं ४ मा निशुल्क वाईफाई सेवा शुरु गरिएको छ । हातेमालो चोक लगायत आसपासका क्षेत्रमा यो सेवा दिन थालिएको हो । सुचना प्रबिधीबाट पछि परेको वडा नं ४ का अध्यक्ष महेन्द्र श्रेष्ठले असोज १ देखि वडालाई फ्रि वाईफाई शुरु भएको पर्वत नेपाललाई जानकारी दिए । 

केही बर्ष अघि सम्म पर्वतको कालापानी भनिने क्षेत्रका बासिन्दालाई सुचना प्रबिधीको सहच पुहँच बढाउन वडालाई फ्रि वाईफाई जोन बनाइएको अध्यक्ष श्रेष्ठले बताए । पहिलो चरणमा सबैभन्दा बढी जनघनत्व भएको हातेमालो चोकमा फ्रिवाईफाई जोन बनाएको छ भने केही दिन भित्रै वडा भित्र सबै स्थानमा यसलाई बिस्तार गर्ने काम भैरहेको उनले बताए ।

सुचनाको पहुचमा नागरिक हरुलाई र्पुयाउनका लागि सेवा सुरु गरिएको श्रेष्ठले बताए   ।


सम्बन्धित समाचार ( स्थानीय तह)