Author
ParbatNepal

Contributor, ParbatNepal

1 year ago

1621




पर्वत समाज बेल्जियमको च्यारिटी भव्यरुपमा सम्पन्न
पर्वत समाज बेल्जियमको च्यारिटी भव्यरुपमा सम्पन्न

पर्वत समाज बेल्जियमले आयोजना गरेको अनाथ बालबालिका तथा बाढी पीडितका लागि च्यारिटी कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ।

बेल्जियमको आन्तरपेन शहरमा परोपकारी कार्यका लागि गरिएको उक्त कार्यक्रमको नेपाली दूतावास बेल्जियम महामहिम राजदूत श्री लोकबहादुर थापाले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको थियो।प्रमुख अतिथिको आसनबाट बोल्दै महामहिम थापाले पर्वतका प्राय कार्यमा उपस्थित भई शुभकामना दिन पाउदा आफुलाइ खुसि लागेको र पर्वत समाज बेल्जियम एकजुट भई यस प्रकारका प्रभावकारी कामहरुमा तीब्ररुपमा लागि राख्न र स्वास्थ्य परियोजनाको सफलताको शुभकामना गर्नुभयो।

पर्वत समाज बेल्जियमका अध्यक्ष झलक केसी सभापतित्वमा भएको उक्त कार्यक्रममा शुभकामना मन्तव्य दिने क्रममा एनआरएन बेल्जियमका अध्यक्ष लोक दाहालले सो परोककारी काम को साथ साथै कार्यक्रमको प्रशंसा व्यक्त गर्नुभयो। शुभकामनाको क्रममा पर्वत वेलफेयर सोसाइटी युकेका अध्यक्ष तथा अन्तर्राष्ट्रिय पर्वत समाजका सदस्य श्री दधि आचार्यले यस किसिमका परोपकारी कार्यको लागि सबैले साथ दिन पर्ने बताउनु भयो भने एनआरएन लक्झेम्बर्ग अध्यक्ष तथा अन्तर्राष्ट्रिय पर्वत समाजका सल्लाहकार श्री नारायण गुरुङले यस किसिमका परोपकारी कार्यमा आफूले सधै सहयोग गर्ने बताउनुभयो।

पर्वत समाज बेल्जियमले गतबर्ष आयोजना गरी बार्बिक्यु कार्यबाट सङ्कलित रकम नेपालका प्रसिद्ध डाक्टर अनिल भट्टराईको नेतृत्वमा विभिन्न स्वास्थ शिबिर संचालन गरेको र अहिले यो कार्यक्रमबाट उठेको रकम अनाथ बालबालिका तथा स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने कार्यक्रम रहेको जानकारी अध्यक्ष केसी दिनुभयो र च्यारिटी बाट करिब दश लाख संकलन भएको  अध्यक्ष केसीले पर्बतनेपाल लाइ बताउनु भयो।

पर्वत समाज बेल्जियमका महासचिब दीपक पोखरेलले संचालन गर्नुभएको उक्त कार्यक्रममा योगमाया पुनले कार्यक्रममा उपस्थित पाहुनाहरुलाइ स्वागत गर्नुभएको थियो भने दुर्गा गुरुङले खादा र मालाले स्वागत गर्नुभएको थियो ।कार्यक्रम संयोजक बालेन्द्र गुरुङले कार्यक्रम सफल बनाउनका लागि अहोरात्र खट्ने किरण पुन श्रीप्रसाद गुरूड॰ लगायत सम्पुर्णमा धन्यवाद दिनु भयो।

सो कार्यक्रममा पर्वत समाज बेल्जियमका सल्लाहकारहरु, आजीवन सदस्यहरू, विभिन्न समाजसेवी, विभिन्न संघसंस्थाहरुको प्रतिनिधि, एनआरएन बेल्जियम र बेल्जियममा बसोबास गर्ने पर्बतेली र गैर पर्बतेलीको उल्लेख्य मात्रामा सहभागी थियो। फेसबुक लाइभ मार्फत विभिन्न देशहरु बाट हेरेको उक्त कार्यक्रममा नेपालबाट आउनु भएका गायक मेक्सम खत्रि र सरिता कार्कीले दर्शकहरुलाई एकल तथा दोहोरी गीत मार्फत भरपुर मनोरञ्जन गराएका थिए।

एनआरएनका उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय पर्वत समाजका संरक्षक कुल आचार्य , एनआरएन स्वीडेन का अध्यक्ष अर्जुन श्रेष्ठ , एनआरएन नेदरल्याण्ड का अध्यक्ष मनोहरि शर्मा, अन्तर्राष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरि , अन्तर्राष्ट्रिय पर्वत समाजका उपाध्यक्ष दिपिका भुसाल , अन्तर्राष्ट्रिय पर्वत समाजका महासचिब गुणराज शर्मा , पर्बत समाज जापानका अध्यक्ष तथा अन्तर्राष्ट्रिय पर्वत समाजका सचिब सुजन जोशी लगायतले कार्यक्रमको सफलताका लागि शुभकामना मन्तब्य पठाउनु भएको थियो।


उक्त कार्यक्रममा सहयोग गर्ने महानुभाबहरुको नामावली यसप्रकार छ:

अर्जुन श्रेस्ठ
बिपन गुरुङ
झलक के सि
सिता के सि (रिम रेग्मि)
खड्क के सि
माया पुन्(किरन पुन्)
भिम कुवर
श्रीप्रसाद गुरुङ
नन्द कुमारी गुरुङ्

सुबाश जोशी
हिक्मत श्रेस्ठ
बिराट जोशी
प्रकाश पौडेल
बालेन्द्र गुरुङ
दिननाथ शर्मा
अर्जुन प्रसाद श्रेस्ठ
पारस गौतम
दिपक पोख्रेल
महेन्द्र रोक्का
कृस्ण तिवारी
भिम जोशी ( रोसन )
लाल गुरुङ्ग
केश बहादुर गुरुङ्ग
चीज़ कुमार श्रेष्ठ शिलु
आस बहादुर गुरुङ्ग
रुद्रमणी लम्साल
उमा गुरुङ्ग
अम्बिका गुरूड॰
दिपक न्युपाने
पुरण गिरी (अध्यक्ष अन्तर्राष्ट्रिय पर्वत समाजका )
मेख गुरुङ्ग
केदार जोशी
दधि आचार्य  (अध्यक्ष पर्वत वेलफेयर सोसाइटी युके अध्यक्ष)
दर्शन गुरुङ्ग
नारायण गुरूड