Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

1 year ago

1242




पर्बत वेलफेर सोसाइटी युके को साधारणसभा डिसेम्बर १६ मा
loading...
पर्बत वेलफेर सोसाइटी युके को साधारणसभा डिसेम्बर १६ मा

पर्बत वेलफेर सोसाइटी युके को सातौ कार्यसमितिको निर्वाचन तथा साधारणसभा आगामी डिसेम्बर १६ आइतबार दिउसो अल्डरसटको एम्पायर हलमा हुनेभएको छ।  

सेप्टेम्बर ३० का दिन अल्डरसटको एम्पायर हलमा भएको बैठक ले संस्थापक अध्यक्ष हितकाजी गुरुङको अध्यक्षतामा ५ सदस्यीय निर्बाचन समिति पनि गठन गरेको छ। निर्बाचन समितिमा संस्थाका पुर्व अध्यक्ष  तथा अन्तर्राष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरि , सल्लाहकार धन बहादुर थापा, सल्लाहकार नारायण कोने गुरुङ सदस्य रहनुभएको छ भने सल्लाहकार तथा संस्थापक महासचिब युवन गुरुङ सदस्य सचिब रहनुभएको जानकारी संस्थाका अध्यक्ष दधि आचार्यले पर्बतनेपाललाइ  जानकारी दिनु भयो।  साथै उहाले डिसेम्बर १६  मा बेलायतमा बसोबास गर्ने सम्पूर्ण पर्बतेली दाजुभाई र दिदीबहिनीहरुलाइ  साधारणसभामा उपस्तिथीको लागि आव्हान गर्नु भएको छ।  

सो बैठकले कुश्माको शिवालय माविमा स्थापना गरिएको १० लाख को अक्षयकोष को ब्याजबाट प्राप्त रकम बार्षिक रुपमा त्यहाँ अध्यनरत दृष्टिविहीन बिधार्थीलाइ दामाशाही रुपमा दिने निर्णय समेत गरेको कुरा कोषाध्यक्ष  नेत्र आलेले बताउनु भयो।  

अध्यक्ष दधि आचार्यको अध्यक्षता भएको बैठकमा संस्थाले दुई वर्षसम्म गरेका कामहरुको समिक्षा र आगामी दिनमा संस्थालाई कसरी अगाडि बढाउने जस्ता विविध विषयमा छलफल भएको थियो। महासचिब भरत पौड्याल ले संचालन गर्नु भएको त्यो बैठकमा अध्यक्ष आचार्यले आफ्नो २ बर्षे कार्यकाल सफल पार्न सहयोग गर्नु हुने सबै जनालाइ धन्यवाद दिदै समृद्ध पर्वत निर्माणको लागि सबैले हातेमालो गर्नु पर्ने बताउनु भयो।  

सोहि बैठकमा पर्बत वेलफेर सोसाइटी युके को निमंत्रनामा नेपालबाट आउनु भएका चर्चित लोकगायक विमलराज छेत्री लाइ सम्मान गरिएको थियो भने हालै किङ्गस्टोन बिश्वबिधालयबाट  बिध्याबारिधि गर्नु हुने संस्था का सदस्य डा बासुदेव पौड्याललाइ पनि सम्मान गरिएको थियो।  साथै बैठक ले अक्टुबर १२ मा अल्डरसटको एम्पायर हलमा  लोकगायक विमलराज छेत्रीको बिदाइ साँझ पनि राखेको छ।  

बैठकमा अध्यक्ष दधि आचार्य, उपाध्यक्षद्वय  एकबहादुर पुन र  संजिव गुरुङ , महासचिब भरत पौड्याल, कोषाध्यक्ष  नेत्र आले, सदस्य डा बासुदेव पौड्याल, संस्थापक अध्यक्ष हितकाजी गुरुङ,  अन्तर्राष्ट्रिय पर्वत समाजका अध्यक्ष तथा सल्लाहकार पुरन गिरि, सल्लाहकार तथा संस्थापक महासचिब युवन गुरुङ, जुमकाजी गुरुङ , राजकुमार गुरुङ लगायत को उपस्थिती थियो।   

     

NA