Author
ParbatNepal

Contributor, ParbatNepal

1 year ago

628




पर्वत समाज बेल्जियमले अनाथ बालबालिकाला सहयोग गर्ने
पर्वत समाज बेल्जियमले अनाथ बालबालिकाला सहयोग गर्ने

असोज १८, पर्वत । पर्वत समाज बेल्जियमले अनाथ बालबालिकालाई सहयोग गर्ने भएको छ । सन् २०१८ सेप्टेम्वर २२ तारिकमा च्यारिटी कार्यक्रमबाट करिब १०लाख रूपया संकलन गरि समाजले अनाथ वालवालिकाको हरूलाई सहयोग गर्न लागेको हो । समाजका अध्यक्ष झलक केसीले संकलित रकम वालवालिकाको शिक्षा, स्वास्थ्य, प’स्थापना लगायतमा खर्च गर्न लागिएको बताउनुभयो ।

पर्वत समाज बेल्जियमले बेल्जियमको आन्तरपेनमा संस्थाका सल्लाहकार बालेन्द्र गुरूड॰को संयोजकत्वमा च्यारिटी कार्यक्रम गरेको थियो । त्यहि कार्यक्रममा विभिन्न संस्थामा आवद्ध भएका व्याक्तिहरुले सहयोग गरेका थिए । हालै वसेको बैठकले पर्वतको कुश्मा स्थित ग्लोवल आईएमई वैँकमा अक्षयकोष स्थापना गरि १० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ ।पर्वत समाज बेल्जियमको नाउँमा अक्षयकोष खाता खाता खोल्ने निर्णय गरिएको हो ।


बाढिपीडित तथा असाहाय बालबालिकाहरुको सहयोगार्थ परोपकारी सांस्कृतिक कार्यक्रम सफलभुती रुपमा सम्पन्न गर्नका लागी खट्नुभएका समाजमा आबद्द सम्पूर्ण महानुभाबहरु तथा कलकारहरु मेक्सिम खाती क्षेत्री तथा सरिता कार्की लाई धन्यवाद तथा आभार प्रकट गरेको छ ।  त्यस्तै उक्त वैठकले पर्बत जिल्ला स्थित कुश्मा नगरपालिका ५ तथा बागलुङ जिल्ला स्थित बागलुङ नगरपालिका १४ मा अबस्थित मोदिबेनी जेष्ठ नागरिक आश्रमलाई व्यवस्थित बनाउन पर्वत समाज बेल्जियमको स्पस्ट परिचान हुने गरी दिर्घकालिन सहयोग गर्ने निर्णय पनि गरेको छ । मोदीबेनीको बृद्धाश्रमलाई दशैँको बेलामा आउने प्रतिनिधीहरुले सहयोग हस्तान्तरण गर्ने जनाइएको छ । बैठकले कार्यक्रम को एवम हाल सम्म गरिएका मानविय सहयोगको समिक्षा गरिएको थियो ।

पर्बत समाज बेल्जियम द्वारा पर्वत जिल्लाका असाहय तथा घरेलु हिंसा पिडित बालबालिका हरुको सहयोगर्थ समितिको सल्लाहकारमा कृष्ण तिवारीको संयोजकत्वमा पर्बत जिल्लाका स्थानिय निकाय, प्रसासन तथा समाजसेबीहरु संग आवश्यक समान्वय गरी दिर्घकालिन परियोजनाको पहिचान गर्नका लागी एक समिती गठन गरिएको छ । तिवारी संयोजक रहेको समितिका सदस्यहरुमा श्रीप्रसाद गुरुङ्ग,अमृत पौडेल, इशा गुरुङ, दर्शन गुरुङ्ग,बालेन्द्र  गुरुङ्, युगमाया पुन सिता केसी रहनुभएकोछ ।


पर्बत समाज बेल्जियम संग आबद्द सदस्यहरु अन्तरास्ट्रीय पर्बत समाजको बिभिन्न पदाधिकारी, सदस्य संरक्षक तथा सल्लहाकार पदमा मनोनित हुनु भएकोमा वैठकले हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना ब्यक्त गरेको छ । त्यस्तै पर्बत समाज यु. ए. इ. ले २६ अक्टोवर २०१८ का दिन पर्बतको कुश्मामा आयोजना गर्न गैरहेको जिल्लाका जनप्रतीनिधि, प्रसासन, ब्यापारी तथा समाजसेवीहरु बिच पर्बत समाजको गठन र उद्देस्यका बारेमा एक बृहत अन्तरकृया कार्यक्रमको आयोजना गरेको जानकारी प्राप्त भएको अवगत गराएको छ । साथै ११ जनवरी २०१९ का दिन अन्तराष्ट्रिय पर्बत समाजको बृहत बैठक  यु. ए. इ. मा आयोजना गरिएको छ । उक्त बैठक हरूमा संस्थागत एक्यबद्धता सहित सक्दो उपस्थिती जनाउने निर्नय गरिएको छ । 


सामाजिक क्षेत्रमा सहयोग गर्न गठिन पर्वत समाज बेल्जियमले धेरै पटक सहयोग वितरण गर्दै आएको छ । समृद्ध पर्वतको निर्माणमा हाम्रो अभियान भन्ने मुल नाराका साथ बेल्जियममा सन् २००५ मा संस्था गठन भएको हो ।

सम्बन्धित समाचार ( बेल्जियम )
सम्बन्धित समाचार ( प्रवास)