Author
ParbatNepal
Roshan Tiwari

Correspondent, ParbatNepal

7 months ago

626




कुर्घा पोखरा समाजको अगुवाईमा बिन्दवासिनी मन्दिरमा सरसफाई
loading...
कुर्घा पोखरा समाजको अगुवाईमा बिन्दवासिनी मन्दिरमा सरसफाई

पोखरा– कुर्घा पोखरा समाजले दशैँ र तिहार नजिकिँदै जाँदा सामाजिक कार्यक्रम अन्तर्गत मन्दिरको सरसफाई गरेको छ । शनिवार पोखरा स्थित विन्दवासिनी मन्दिर परिषरमा सरसफाई गरिएको हो । हाल फलेबास नगरपालिका १० पर्वत साबिक कुर्घा गा.बि. स.बाट पोखरामा स्थायी तथा अस्थाई रुपमा बस्दै आउनु भएका कुर्घेली हरुको संस्थाले उक्त कार्यक्रम गरेको हो । 

बिन्दवासिनी मन्दिर परिषरमा भक्तजनहरुको यत्रतत्र फालेका फोहोर सफा गरेर चिटिक्क पारिएको छ । त्यस्तै मन्दिरमा बत्ति बाल्ने पाला,मन्दिर वरिपरि रहेका मुर्ति,घण्टी हरु लाई बिशेष सफा गरिएको थियोे । बिहान ७ वजेवाट संस्थामा आवद्ध पदाधिकारी, सदस्यहरु गरि ५० जना मिलेर मन्दिर वरिपरि सरसफाई गरेको सचिव सुर्यराज पौडेलले जानकारी दिनुभयो । 


समाजका अध्यक्ष चित्रबहादुर क्षेत्रीको नेतृत्व तथा अध्यक्षतामा भएको कार्यक्रममा सुरक्षा प्रसासन निकाय बाट कृष्णबहादुर खत्री र बिष्णु प्रसाद सापकोटा सहभागी हुनुभएको थियो । पत्रकारको तर्फबाट  आदर्श समाज दैनिक पत्रिकाका मुख्य सम्पादक कृष्ण प्रसाद बाँस्तोला पनि सहभागी हुनुभयो ।  

कार्यक्रमको सञ्चालन सचिव सुर्यराज पौडेलले गर्नुभएको थियो । कार्यक्रमको सुरुमा सभापति,अतिथी लगायत सबै सहभागीले दियो वालेर कार्यक्रमको उदघाटन गर्नुभएको थियो । सामाजिक तथा धार्मिक कार्यलाई बिन्दबासिनी धार्मिक क्षेत्र बिकास समितिका अध्यक्षले प्रसंसा तथा धन्यवाद ज्ञापन गर्नु भएको थियो