Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

11 months ago

599




पर्वतमा पर्यटन र वातावरणका लागि सञ्चार संस्था दर्ता
loading...
पर्वतमा पर्यटन र वातावरणका लागि सञ्चार संस्था दर्ता


असोज २३ पर्वत । 

पर्यटन र वातावरणका लागि सञ्चार नामक संस्था दर्ता गरिएको छ । सञ्चारको माध्यमबाट पर्यटन र वातावरण संरक्षण गर्ने लक्ष्य लिइएको छ । गोबिन्द अधिकारी अध्यक्ष रहेको यो संस्थाले पर्वत जिल्लालाई कार्यक्षेत्र बनाएर पर्यटकिय संभवनाहरुको खोजी गर्ने, उजागर गर्ने, प्रचार गर्ने, सरोकारवाला मन्त्रालय, विभाग, कार्यालय र संस्थाहरुमा समन्वय गर्ने जनाइएको छ । 

त्यस्तै वाताबरणमा देखिएको विचलन न्यूनिकरण गर्न पनि संस्था खरो रुपमा लाग्ने अध्यक्ष अधिकारीले बताउनुभयो । यो संस्थाले सामाजिक अभियानमा पनि हात हाल्न लागेको छ । अधिकारीका अनुसार प्राकृतिक प्रकोपा, जलवायु परिवर्तनको असर न्यूनिकरणका लागि संस्थाले विभिन्न तह संग समन्वय गरेर काम गर्नेछ । 

मुनाफा रहित, जनहितकारी र जनपक्षिय संस्थाको रुपमा जिल्ला प्रसासन कार्यालयमा दर्ता गरिएको छ । वन संरक्षणमा पनि संस्थाले काम गर्ने जनाइएको छ । समूदाय भित्र विभिन्न प्रकारका लागुपदार्थको विक्री वितरण तथा ओसारपोसार जस्ता नराम्रा गतिविधिमा सम्वन्धित निकायबाट हुने कारवाहिमा सहयोग पुराउने योजना रहेको छ ।

जुवातास, जाँडरक्सी नियन्त्रण गर्न पनि भूमिका खेल्ने संस्थाका समिक्षा शर्माले बताउनुभयो । शर्माले पर्यटन र वाताबरण संग मानव जीवन प्रत्यक्ष जोडिएकाले मानव हितको क्षेत्रमा आफ्नो संस्था क्रियाशिल हुने बताउनुभयो । 

तत्कालका लागिथ संस्थाको अध्यक्ष सहित ९ सदस्सिय कार्यसमिति चयन गरिएको छ । अध्यक्षमा गोविन्द अधिकारी, उपाध्यक्षमा समिक्षा शर्मा, सचिवमा राजु शर्मा, कोषाध्यक्ष डाँसीराम अधिकारी, सहसचिव वालकृष्ण तिवारी जैसी रहनुभएको छ । सदस्यहरुमा स्वेच्छा आचार्य, भूवन रिजाल, लक्ष्मीप्रसाद अधिकारी, अमृता भुसाल रहनुभएको छ । ३ सदस्सिय सल्लाहाकार समितिमा भवानीप्रसाद शर्मा, मानकुमारी गिरी, अनिरुद्र सुबेदी जोशी रहनुभएको छ । 

संस्थाले यसैवर्ष देखि काम शुरु गर्न लागेको छ । संस्थामार्फत असहाय, गरिव, विपन्नहरुको उपचारमा सहयोग पुराउने कार्यक्रम रहेको छ । संस्थालाई दिगो रुपमा सञ्चालन गर्ने योजना कार्यसमितिले तय गरेको छ । 


सम्बन्धित समाचार (जिल्ला )