Author
ParbatNepal

Contributor, ParbatNepal

1 year ago

525




अन्तराष्ट्रिय पर्वत समाजद्वारा पर्वत समाज नेदरल्याण्डलाई शुभकामना
loading...
अन्तराष्ट्रिय पर्वत समाजद्वारा पर्वत समाज नेदरल्याण्डलाई शुभकामना

अन्तराष्ट्रिय पर्वत समाजले हालै गठन भएको पर्वत समाज नेदरल्याण्डको तदर्थ समितीलाइ बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गरेको छ। 

समाजका अध्यक्ष पुरन गिरि तथा महासचिब गुणराज शर्माले आज एक बक्तब्य जारी गरि  तदर्थ समिती गठन भएकोमा बधाई दिदै समृद्ध पर्बत निर्माणमा पर्वत समाज नेदरल्याण्डले उल्लेखनीय भूमिका निर्बाह गर्ने बताउनु भएको छ। 

अन्तराष्ट्रिय पर्वत समाजका सल्लाहकार मनोहरी शर्मा र प्रेमकाजी गुरुङको विशेष उपस्थिति र केन्द्रिय सदस्य विष्णुप्रसाद पोखरेलको पर्यवेक्षणमा १० अक्टुबरमा  नेदल्याण्डसमा एक भेला गरि नरबहादुर रोकाको अध्यक्षतामा पर्वत समाज नेदरल्याण्डको तदर्थ समिती गठन भएको थियो । 

यसैगरि अन्तराष्ट्रिय पर्बत समाजका उपाध्यक्ष तथा पर्बत समाज बेल्जियमका अध्यक्ष झलक केसी र अन्तराष्ट्रिय पर्बत समाजका सदस्य तथा पर्बत वेलफेर सोसाइटी युकेका अध्यक्ष दधि आचार्यले पनि पर्वत समाज नेदरल्याण्डको तदर्थ समितीलाई बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्नु भएको छ।     


NA
सम्बन्धित समाचार ( ग्लोबल पर्बत )
सम्बन्धित समाचार ( प्रवास)