Author
ParbatNepal

Contributor, ParbatNepal

1 year ago

826




लोकगायक बिमल राज क्षेत्री को बिदाइ
loading...
लोकगायक बिमल राज क्षेत्री को बिदाइ

पर्बत वेलफेर सोसाइटी युकेको निमंत्रनामा बेलायत आउनु भएका चर्चित लोकगायक विमलराज क्षेत्रीलाइ एक समारोहका बीच भब्य  बिदाइ गरियो।  

पर्बत वेलफेर सोसाइटी युकेका अध्यक्ष दधि आचार्य , संस्थाका पुर्व अध्यक्ष  तथा अन्तर्राष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरि, संस्थापक अध्यक्ष हितकाजी गुरुङ, उपाध्यक्ष सन्जिब गुरुङ, कोषाध्यक्ष  नेत्र आले, सदस्य अप्सरा गुरुङ, सल्लाहकारहरु भिमलाल भट्टराई , नर गुरुङ, बरिस्ट पत्रकार मिलन तमु, समाजसेबी भक्त दर्जी लगायत ले खादा र चिनो प्रदान गर्नुभएको थियो।  

अध्यक्ष आचार्यले बेलायत जस्तो मुलकमा आएर नेपाली लोक संगीतलाइ लोकप्रिय बनाएकोमा क्षेत्रीलाइ धन्यवाद दिए। साथै उनले गायक क्षेत्रीले जुनै कार्यक्रममा जादा पनि पर्वते को परिचय दिएर पर्बत वेलफेर सोसाइटी युकेको इज्जत बढाएको बताए।  यसैगरि सल्लाहकार तथा अन्तर्राष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरिले गायक क्षेत्रीले आफ्नो स्वर ले सम्पूर्ण बेलायत बासि नेपालीको मन जित्न सफल भएको बताए।

पर्बत नेपाल डट कम संग कुरा गर्दै क्षेत्रीले ६ महिना मा आफुले सोचे भन्दा बढी माया र स्नेह पाएको बताए।  बिदेशको जुन कुनामा भएपनि पर्वते दाजुभाई दिदिबहिनी आफ्नो जन्मभूमी प्रति अटुट माया गर्नु हुदो रहेछ अनि पर्बतेली बाहेक अरुले पनि आफ्नै भाईचेलो जस्तै गरेर माया र सहयोग गरेको उनले बताए।  

"युकेको ६ महिनाको बसाईमा बिभिन्न संघ संस्था र मेरा सुभचिन्तकको मायामा धरै कार्यक्रममा सहभागी हुने अब्सर पाए यसैक्रममा एम्पायर दोहोरीमा सांझमा सहभागी हुने अब्सर पनि पाए , आज पर्बत समाज युके ले मलाई संस्थागत रुपमा बिदाई पनि गरीसकेको छ , बिदाई कार्यक्रममा पाल्नुहुने संपुर्ण ईष्टमीत्रहरु प्रति हार्दिक कृतज्ञता व्यकत गर्दछु र पर्बत समाज युकेले लगाएको गुनप्रति सधै सधै ऋणी छु " क्षेत्रीले भने।  

नया वर्ष कार्यक्रमको लागि आएका क्षेत्रीले नेपालीको बाहुल्यता रहेको अल्डरसट, रेडिङ्ग, स्विंडन,लन्डन हयारो, चाल्टन, प्लमस्टिड, स्कटल्याण्ड, बेजिङस्टोक, नटिङहाम, बर्मिङहाम लगायत शहरमा आफ्नो प्रस्तुति देखाए। उनले जुनमा अन्तर्राष्ट्रिय पर्वत समाजले आयोजना गरेको च्यारिटी कार्यक्रममा समेत दर्शक लाइ नचाए।  

एम्पाएर रोधींघर, अल्डरसर्टमा चर्चित लोक तथा दोहोरी गायक Bimalraj Chhetri को बिदाइ कार्यक्रम....

Posted by Jaya Chhantyal Pun on Friday, 12 October 2018
NA
सम्बन्धित समाचार ( बेलायत )
सम्बन्धित समाचार ( प्रवास)