Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

1 week ago

1070




बेलायतमा चम्किएका पर्वतका रवि
loading...
बेलायतमा चम्किएका पर्वतका रवि

मानिस आधुनिक विश्वमा प्रवेश गरे पनि मानवियता भने हराएको छैन मानिसमा मानवियता कायमै रहेको संकेत दिन दुःखीहरुको सेवा सहयोगमा अघि बढेका हातहरुले प्रमाणित गरिरहेका छन् उदाहरणका लागि पर्वतका रबि लामिछाने जिल्लाको विकट गाउँ मोदी गाउँपालिका तिलाहारमा जन्मिएका रबि लामिछाने हाल बेलायतमा बस्नछन् पर्वतमै उच्चा शिक्षा हाँसिल गरेका लामिछाने बेलायतका सफल युवा व्यवसायी हुन्   धन सँगै मन भएका उनी व्यवसाय सँगै सामजिक कार्यमा पनि सक्रिय छन् कसैको दुःख देख्न नसक्ने लामिछाने दयालु स्वाभावका छन् सानै उमेर देखी सामजिक कार्यमा सक्रिय उनी धनी गरिव बिचको विभिन्नतालाई हटाउनु पर्छ भन्ने मान्यतालाई जोड दिन्र्थे दिनदुखीलाई सहयोग गरे भोली हामीलाई कसैले भगवान्को अवतारमा रुपमा सहयोग गर्छ भन्ने उनको मान्यता थियो


मानिसको जिवनमा दुःख कति बेला आउँछ भन्ने कुरा यकिन हुँदैन,उनले भने,‘त्यो दुःख भोली हामीलाई पनि आउन सक्छ त्यसैले दुःखमा परेका मानिसलाई सहयोग गर्नु नै मानविय गुण हो संसारमा जतिसुकै विज्ञान वा प्रविधिको विकास भए पनि मानिसमा मानवियताको आवश्यकता मानिस जुनसुकै बेला जस्तोसुकै अप्ठेरोमा पर्न सक्दछ मानिसले गर्ने समाजसेवाको सहयोग भनेको आफ्ना लागि गरेको बचत हो, उनको भनाई अरुलाई पर्दा सहयोग गरे मात्र आफूलाई पर्दा पनि सहयोग प्राप्त हुन्छ जति अरुलाई सेवा ¥यो त्यति नै पुण्य मिल्ने कुरा उनी बताउँछन्


बेलायतको व्यस्त शहरमा बसेपनि उनी नेपाली नेपालको हितका लागि काम गदै आएका छन् बेलायत गएको २० बर्षमै उनको सफलताले शिखर चुमेको बेलायतमा सानो कपडा पसल शुरु भएको उनको व्यवसाय आज फेसन डिजाईनमा परिणत भएको उनको व्यवसाय बेलायतका शहरमा मात्र सिमीत छैन उनले चाइनामा गरेको व्यवसायमा हाल हजार भन्दा बढि कामदारले रोजगारी पाएका छन् नेपालको न्यूरोडमा समेत व्यवासय शुरु गरेको लामिछाने हाल २५÷३० जनालाई रोजगार दिएका छन् देशमा बेरोजगार समस्यालाई न्यूनीकरण गरे मात्र विकासले गति लिने उनको भनाई मुलुकमा लाखौँको संख्यामा युवा विदेश पलायन भएका छन, त्यो रोक्नु पर्छ युवालाई स्वरोजगार बनाउने दायित्व सरकारको मात्र होईन हाम्रो पनि हो, उनले भने


भाग्यमा भन्दा कर्ममा बढि विश्वास गर्ने लामिछाने आफ्नो सफलताको सम्पूर्ण श्राय लगनशीलता मेहेनतलाई दिन्छन् उनी विहान उज्यालो भएदेखी रातको ११/१२ बजेसम्म काम गर्दछन् आफ्नो व्यस्त समयका बाबजुत पनि उनी नेपाल नेपालीको हकहितमा लागेका छन् उनले नेपालमा बाढि पहिलो आउँदा होस् वा भुकम्प जाँदा होस् वा आमा समूहको भवन देखी विद्यालय भवन निर्माणमो सहयोग गदै आएका छन् पर्वतमा हुने हरेक सामजिक काममा उनले सहयोग नगरेको ठाउँ सायद कमै होला गाउँमा विकास निर्माणको काममा उनलेको नाम अग्रपंक्तिमा आउँछ यति मात्र होईन नेपाल नेपालीहरुलाई दुःख पर्दा सहयोग नगरेको कमै मात्रामा होला बेलायतका हरेक च्यारीटि सो कार्यक्रममा वा सामजिक कार्यक्रममा उनले सबैभन्दा बढि सहयोग गदै आएका छन् । बेलायतको नेपाली बाहुल्य रहेको शहर ऑल्डरशटमा उनकै पहलमा नेपाली मन्दिर को निर्माण भएको छ र सो मन्दिर निर्माण कार्यमा सबभन्दा दान उनैले गरेका थिए र तेती मात्र नभएर गत शनिबार करिब ४०० केजी को शिव लिङ्ग समेत प्रदान गरेका थिए 


समाजसेवी एवम् सफल युवा व्यवसायी रवि लामिछानेले गरेको सामजिक कार्यहरु :

स्वर्गिय बुवा श्री चन्द्र जङ्ग लामिछाने ज्यूकोे स्मृतिमा धुम्बाराही काठमाडौँमा श्री चन्द्रश्वर महादेव मन्दिर निर्माण तथा तल्ले रुक्विणा भवन कीर्तन मण्डलको लागि करोड ७० लाखमा सुसम्पन्न गराई मन्दिर संचालनको लागि अक्षयकोषको स्थापना

बुवाको स्मृतिमा श्री मोलकालीका मन्दिर गैडाकोट नवलपरासीमा आउने श्रद्धालु भक्तजनहरुको लागि भान्छाघर खानेपानी ट्याङ्घी तथा धाराको निर्माण गर्न २० लाख सहयोग गरि मन्दिर प्रवेशद्धारको निर्माण तथा मन्दिरको विकासका लागि आर्थिक सहयोग

रवि चन्द्र ट्रष्ट स्थापना गरि ४० जना अनाथ जेहेन्दार बालबालिकालाई विदेश तथा नेपालका विभिन्न जिल्लाको बोर्डिङ स्कुलमा पढाउँदै आएका छन् साथै सन् २०२० सम्ममा १०० पु¥याउने उहाँको लक्ष्य

स्वर्गिय हजुरबुवाको स्मृतिमा मोदी गाउँपालिका साविक तिलाहार गाविसमा प्रेमेश्वर शिवालय मन्दिर तथा जिर्ण अवस्थामा रहेको सत्तलको जिर्णेद्धार गरिएको

जन प्रकाश निम्न माध्यमिक विद्यालय ठानामा स्वर्गिय दाजु भरतजंग लामिछानेको स्मृतिमा अक्षयकोष स्थापना

नेपालका विभिन्न ठाउँमा आमा समूहद्धारा विभिन्न बाटोघाटो तथा चौतारीको निर्माण

नेपालमा २०७२ सालमा गएको भुकम्प पीडितको सहयोगर्थ लाख ५० लाख बरावरको राहत सामग्री नेपाल प्रहरी,नेपाली सेना तथा परिवार मार्फत वितरण गरेको साथै प्रधानमन्त्री राहात कोषमा स्वर्गिय प्रधानमन्त्री सुशिल कोईराला मार्फत ५१ लाख १७ हजार सय २७ रुपैयाँ नगद जम्मा गर्नुभएको थियो

सिन्धुपाल्चोकका बाढि पहिरो पीडित सिडियो मार्फत लाख ५१ हजार रुपैयाँ सहयोग गर्नुभएको थियो  

त्यस्तै उनले बेलायतका हरेक सामजिक संघसंस्था सँग आवद्ध भएर सामजिक काम गदै आएका छन् परिवार सँग बेलायतमा बस्दै आएका लामिछानेको सामजिक कार्य बास्तवमा उदाहरणिय सेवा कर्म हो, उनले भने,‘कर्मलाई असल नियतले गर्नु चाहिं धर्म हो उनी सामजिक कार्य जति क्षेत्रमा सहयोग गरेको छन् त्यो उनले आफ्नो देश जनता प्रति आफ्नो दायित्व धर्म सम्झेर सेवा गरिरहेका बताउँछन् समाजसेवा गर्न त्यति सजिलो छैन यसका लागि ठुलो त्याग, बलिदान, संघर्षको आवश्यकता पर्दछ, उनले भने,‘जो सबैले गर्न सक्दैनन्  पर्वतनेपाल सँग कुरा गदै उनले भने मानिस गरिव धनी पैसाले मात्र छुट्टिदैन,उसको मन कति सफा भन्ने कुराले गरिव धनी छुट्टिन्छ जिवनमा मरि लानु केही छैन त्यसैले आफुले सक्दो सहयोग गर्नुपर्दछ दिनदुखीलाई सहयोग गरे भगवान पनि खुशी हुने उनको तर्क साथै आफु आगमी दिनमा पनि पर्वते नेपालीहरुलाइृ दुःख पर्दा सहयोग गरिरहने प्रतिवद्धता व्यक्त गरे


पर्वते वेलफेर सोसाईटी यूकेका अध्यक्ष नेत्र आलेको नजरमा रवि लामिछाने

रवि लामिछाने वेलायतका एक सफल युवा व्यवसायी हुन् व्यवसाय सँगै सामजिक क्षेत्रमा क्रियाशिल लामिछाने मेहेनती लगनशील छन् भाग्यमा भन्दा पनि उनी कर्ममा विश्वास गर्छन लामिछानेको मेहेनत सफलता देखर हामी पर्वतवासी मात्र होईन सिंगो बेलायतवासी नै आश्चर्य चकित परेको उनको सफलताले हामी पर्वतवासीको पनि शिर ठाडो भएको सामजिक कार्यमा पर्वत सँगै उनको नाम जोडेर आउँदा पर्वत वेलफेर सोसाईटी यूके परिवार गौँवान्वित भएका छौँ अनुशासित, बौद्धिक एवम् मिलनसार व्यक्तिको रुपमा उनी बेलायतवासी नेपाली माझ निकै लोकप्रिय परिचित छन् उनको मेहेनत परिश्रमले पर्वतेहरु जुन क्षेत्रमा भएपनि सफलता प्राप्त गर्छन भन्ने सन्देश दिएको