Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

3959




‘व्यवसायिक सीप विकास तालिम केन्द्रले स्थानीय तहसँग समन्वय गरेर काम गर्छ’
‘व्यवसायिक सीप विकास तालिम केन्द्रले स्थानीय तहसँग समन्वय गरेर काम गर्छ’

व्यवसाय सिप विकास तालिम केन्द्र पर्वतले विभिन्न क्षेत्रमा तालिमहरु प्रदान गदै आएको छ । केन्द्रले धौलागिरीका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङका विभिन्न भौगोलिक क्षेत्रमा काम गदै आएको छ । केन्द्रले जस्तै कम्प्युटर, केश सिङ्गर, हावस वारिङ्ग, सिलाई कटाइ, पल्मविङ्ग यस्ता विभिन्न किसिमका क्षेत्रहरुमा सिप मुलक तालिम सञ्चालन गदै आएको छ । देश संघियतामा गईसकेपनि यसको भावी रणनिति र यस केन्द्रले प्रदान गर्ने सेवाहरु कस्तो किसिमको हुन्छन । अव केन्द्रले भावी दिनमा कसरी काम गर्छ भन्ने विषयमा यस पर्वत नेपाल अनलाईनका पत्रकार साजन परियारले व्यावसायिक तथा सिप विकास तालिम केन्द्र पर्वतका प्रमुख किरणचन्द्र सुवेदीसँग गर्नुभएको समसामयिक कुराकानी ।

    

 व्यवसायिक सिप विकास तालिम केन्द्रले के–के काम गर्छ ?

हम्रो कार्यालयको नामले पनि धेरैलाई थाहाछ कि हामी व्यवसायिक र सीपमा आधारित तालिम सञ्चालन गर्ने गछौँ । मुख्य त यसको काम भनेको कै सिपमुलक तालिम सञ्चालन गर्नु हो । यसले विभिन्न क्षेत्रमा जस्तो कम्प्युटर, केश सिङ्गर, हावस वारिङ्ग, सिलाई कटाइ, पल्वम्विङ्ग जस्ता सीपमुलक तालिम विभिन्न क्षेत्रहरुमा सञ्चालन गदै आएको छ ।  त्यसै गरि तालिम केन्द्र सँगै एउटा रोजगार सुचना केन्द्र पनि रहेको छ । यो हाम्रो अञ्चल स्तरिय कार्यालय हो । यसले पनि यो क्षेत्रमा रहेका बेरोजगारहरुको लगत संकलन गर्ने, रोजगार सम्वन्धी सूचना प्रवाह गर्ने । रोजगारदाताहरुले आफुलाई चाहिने दक्ष जनशक्ति माग गरेको खण्डमा उहाँहरुलाई दक्ष जनशक्तिहरु हाम्रो कार्यालयमा उपलव्ध भएसम्म उहाँहरुलाई सिफरिस गर्नेसम्मका काम गर्छ । मुख्यता ः बेरोजगार युवायुवतीहरुलाई रोजगार बनाउन विभिन्न क्षेत्रमा उनीहरुको आवश्यकता र पहिचानका आधारमा तालिमहरु प्रदान गछौँ । 


अहिले कस्ता खालका तालिम तथा कार्यक्रमहरु गदै हुनुहुन्छ ?

अहिले विशेषत हाम्रो आर्थिक बर्ष २०७४÷७५ मा स्वीकृत बार्षिक कार्यक्रम अनुसार नै तालिम÷कार्यक्रमहरु सञ्चालन भईरहेका छन् । त्यसमा दुई प्रकारका तालिम छन् । विशेष गरि हामी दिर्घकालिन र अल्पकालिन तालिम भन्छौ । दिर्घकालिन भन्नाले ३ महिनादेखी ६ महिनासम्म तालिम कार्यक्रम सञ्चालन भईरहेका छन् । त्यसै गरि अल्पकालिन तालिम अन्र्तगत १ महिलासम्मका तालिमहरु सञ्चालन भईरहेका छन् । यसमा दिर्घकालिन तालिम भित्र कम्प्युटर, केश श्रृंगार, सिलाई कटाई जस्ता सात वटा विषयमा हामीले ३ महिना देखी ६ महिनासम्म तालिमहरु सञ्चालन गदै आएका छौ । यसमा कम्प्युटर ३ महिनादेखी ६ महिना चल्छ । त्यसैगरि मोटारसाईकल मर्मत तालिम ६ महिनासम्म चल्छ । त्यस्तै अरु तालिम÷कार्यक्रमहरु ३ महिना चल्छन् । छोटा अवधिका तालिम भनेको जसलाई हामीले अल्पकालिन तालिम कार्यक्रम भनेर नामकरण गरेका छौ । ति तालिम पनि विशेषता यहि धौलागिरीका विभिन्न भौगलिक स्थानमा संचालन भईरहेका छन् ।

पर्वतका यूवायूवतीहरुमा कस्तो खालका तालिमको माग हुने गरेको छ ?

हामीले दुई प्रकारले तालिम सञ्चालन गर्छाै । मागका आधारमा हामीले अल्पकालिन तालिम सञ्चालन गछौ । आ–आफ्ना क्षेत्रमा स्थानीय चाहेको, आफुलाई कस्तो किसिमको तालिम आवश्यकता परेको छ । उहाँहरुले त्यही अनुसारको तालिमको माग गर्नुहुन्छ । कस्ता खालका भन्दा पनि सानो लगानीले धेरै आम्दानी दिने व्यवसाय चलाउन यूवाहरुको आकर्षण देखिनछ । त्यहि भएर त्यस्तै तालिमको माग हुने गरेको छ । यो चाँही मागको आधारमा भयो । दिर्घकालिन तालिम चाँही हाम्रो माथीवाट नै स्कीकृत भएर आएको हुन्छ । ति कार्यक्रमहरु हामीले विभिन्न क्षेत्रमा चलाउने गछौ । त्यसैले हाम्रो दुई प्रकारले तालिम सञ्चालन हुन्छ । यूवाहरुको मागलाई सबै हामीले सम्बोधन गर्न सकेका छैनौँ । हामी संग सिमित वजेट हुन्छ । सरकारले पनि सिमित कार्यक्रमको अख्तियारी दिने गरेको छ । त्यसैले जे छ त्यसैमा चित्त वुझाउनुपरेको छ । 

संघियता कार्यान्वयन संगै व्यवसायिक तथा सीप विकास तालिम केन्द्रको संरचना कस्तो हुन्छ ? 

अहिले यो संघियता कार्यान्वयन भएसँगै जिल्लास्तरमा रहेका कार्यालय के हुने भन्ने खालको एउटा जनचासोको विषय रहेको छ । पर्वत नेपाल डटकम मार्फत म के भन्न चाहान्छु भने हाम्रो सिप विकास तालिम केन्द्र यो आर्थिक बर्षसम्मका लागि स्थानीय तहमा जाने वा प्रदेशमा जाने भन्ने विषयमा कुनै कुरा भएको छैन । त्यसैले यो जिल्लामा नै रहन्छ । अर्को बर्षसम्म पनि यो जिल्लामा नै रहन्छ भन्दा फरक पदैन होला । अहिले  सरकारले पनि बेरोजगारीहरुको दर घटाउने, रोजगारीको अवसर सृजना गर्ने, नागरिकहरुलाई दक्ष बनाउने खालकोे नीति ल्याएका कारण यस्ता सिप मुलक तालिम सञ्चालन गर्ने तालिम केन्द्रको त झन आवश्यकता प¥यो । त्यसैले यो तालिम केन्द्र स्थानीय तहमा जादैन । तर अहिले भईरहेको स्वरुप चाँही केही परिर्वतन हुनसक्छ । जस्तो प्रदेश अन्र्तगत पनि जानसक्छ । केही समयका लागि संघले नै तानेर पछाडी विभिन्न स्थानमा कार्यक्रम सञ्चालन गर्ने गरी कार्यालय स्थापना गर्न  पनि सक्छ ।  यसरी स्थानीय तहमा जाँदैन भनिरहँदा कहिलेकाँही कस्तो हुँदो रैछ भने संघियता विरोधी कुरा ग¥यो कि भन्ने हुन्छ । यो संघियताको विरोध होईन । यो तालिम केन्द्र प्रत्येक स्थानीय तहमा गएर सञ्चालन गर्न अल्ली असम्थ्र्य हुन्छ । तर यसरी विभिजनको रुपमा रहेर विभिन्न नगरपालिका र गाउँपालिको समन्वयमा रहेर तालिम सञ्चालन गर्न सके व्यवथित हुने थियो । अहिलेसम्म हामीलाई प्राप्त भएको जानकारी अनुसार केन्द्र संघ अन्र्तगत रहन्छ । स्थानीय तहमा जाँदैन होला ।


स्थानीय तहमा सीप बिकास सम्बन्धी कार्यक्रमको समन्वय कस्ले र कसरी गरिरहेको छ ?

तपाईले अत्यन्तै महत्वपूर्ण प्रश्न उठाउनु भयो । हाम्रो देशनै स्थानीय तहमय भएको छ । ७ सय ५३ तहले नेपाल बनेको छ । त्यसैले हाम्रा हरेक क्रियाकलपा र गतिविधी स्थानीय तहमै हुन्छन् । त्यसमा कुनै दुविधा छैन । हामीले स्थानीय तहको समन्वयमा कार्यक्रम पनि गरिराखेका छौ । यसरी कार्यालय जिल्ला स्तरमा रहेपनि अर्थवा डिभिजनको रुपमा रहेपनि कार्यक्रम त स्थानीय तहमा नै गर्ने हो । यसमा कुनै दुविधा छैन । 

व्यवसायिक सिप विकास तालिम केन्द्रले सदरमुकाम केन्द्रित छ कि गाउँमा पनि पुगेको छ ? 

डिभिजन कार्यालयका रुपमा रहेको यस सिप विकास तालिम केन्द्रले साविकको धौलागिरीका ४ वटा  जिल्ला हेर्न गर्दछ । हामीलाई यसरी आफ्नो कार्यक्षेत्र प्राप्त भईरहँदा खेरी हामीले कुश्माको कुश्मा बजारमा मात्र गर्ने, बागलुङको बागलुङ बजारमा मात्र गर्ने, म्याग्दीको म्यादी सदरमुकाममा मात्र गर्ने, मुस्ताङको मुस्ताङमा मात्रा गर्ने भन्ने हुदैन । म यस तालिम केन्द्रमा आईसकेपछि कहाँ तालिम पुगेको छैन । कहाँका नागरिकहरुले तालिम खोज्नुभएको छ । त्यही स्थानमा तालिम पु¥याउन उद्देश्यले म लागेको छु । त्यसैले हामीले पर्वतका पनि विकट क्षेत्रमा तालिम गरेका छौ । जस्तो अस्ति पर्वतको विकट मानिने बाँसखर्कमा तालिम सञ्चालन गरौँैँ । अहिले पर्वतको विहादी गाउँपालिका ३ रानीपानीमा सञ्चालन भईरहेको छ । बागलुङको राङखानीमा सञ्चालन भईरहकेो छ । बागलुङको बुर्तिवाङमा तालिम सञ्चालन भईरहको छ । म्याग्दीको बर्वाङ र बाँबियाँचौरमा तालिम सञ्चालन गरियो । मुस्ताङको जोमसोङमा एउटा तालिम सञ्चालन गरियो । हामीले धौलागिरीका विभिन्न भौगलिक स्थानमा पुगेर तालिम सञ्चालन गरिरहेका छौ । हामीले प्रदान गर्ने सेवा केन्द्रकृत छैन ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( अन्तर्वार्ता)