Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

1 year ago

581




रुख चढ्दा करेण्ट लागेर बृद्धको मृत्यु
loading...
रुख चढ्दा करेण्ट लागेर बृद्धको मृत्यु

असार ९, पर्वत  । पर्वत जिल्लाको मोदी गाउँपालिका वडा नं। २ देउपुरमा करेण्ट लागेर एक बृद्धको मृत्यु भएको छ ।


मोदी–२ देउपुरस्थित सिमखेतका ७५ वर्षीय ऋषिराम शर्माको आज बिहान करेण्ट लागेर घटनास्थलमै मृत्यु भएको हो ।


थाँक्रो काट्न गएका बृद्धलाई विद्युतको थ्रिफेज लाईन छोएको रुखमा चढ्दा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।


बृद्धको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पर्वतमा लगिएको मोदी–२ का वडा अध्यक्ष विकास तिमिल्सिनाले जानकारी दिए ।

सम्बन्धित समाचार ( स्थानीय तह)