Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

1 year ago

421




पर्वतको मोदी गाउँपालिकाको बजेट झण्डै ३७ करोड
loading...
पर्वतको मोदी गाउँपालिकाको बजेट झण्डै ३७ करोड

असार २४ पर्वत । पर्वतको मोदी गाउँपालिकाको तेस्रो गाउँ सभा सम्पन्न भएको छ । गाउँसभाले आगामी आर्थिक वर्ष आर्थिक वर्ष ०७५÷०७६ का लागि रु. ३६ करोड ३५ लाख ५० हजार बराबरको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गत आर्थिक वर्षमा भन्दा झण्डै १ करोड कमको बजेट सार्वजनिक गरेको हो । जस मध्ये चालु तर्फ रु ३ करोड ७४  लाख बजेट बिनीयोजन गरिएको छ भने पुँजीगत तर्फ ११ करोड २२ लाख २५ हजार बिनीयोजन गरिएको छ । 


बजेटमा नेपाल सरकारको राजश्व वाँडफाँडबाट प्राप्त रकम ५ करोड ७८ लाख ६८ हजार, प्रदेश सरकारबाट राजश्व बाँडफाँडवाट प्राप्त रकम ३० लाख ३७ हजार तथा आन्तरिक राजश्व १ करोड १२ लाख गरी उक्त बजेट तयार गरिएको हो । उक्त बजेटका लागि वित्तिय समानीकरण अनुदान तर्फ रु.८ करोड, ८७ लाख, ४५ हजार, सशर्त पुँजीगत अनुदान रु २० करोड, २७ लाख प्राप्त हुने अनुमान गरिएको छ । आन्तरिक र समानीकरण गरी १६ करोड ८ लाख ५० हजार रकम गाउँपालिकामा प्राप्त भएको छ । गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष सेती महतले बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

स्थानिय तहमा जनप्रतिनिधि चुनिएपछि दोस्रो पटक ल्याइएको बजेट, नीति तथा कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्न सकिनेगरी योजनाहरुलाई प्राथमिकतामा राखिएको मोदी गाउँपालिका अध्यक्ष प्रेम पौडेलले जानकारी दिनुभयो ।


गाउँसभाले क्षेत्रगत रुपमा बजेट बिनीयोजन गरेको छ ।  चालु व्यय तर्फ ११ करोड २० लाख, विभिन्न कोटाका लागि ६५ लाख, पुँजीगत खर्चतर्फ ८ करोड ४१ लाख ५० हजार बिनीयोजन गरिएको छ । जसमध्ये आर्थिक विकास तर्फ रु.२ करोड ३ लाख १० हजार , सामाजिक विकास तर्फ रु.२ करोड २४ लाख ३० हजार, बन बातावरण तथा पर्यावरण व्यवस्थापन तर्फ १४ लाख  ४० हजार, र पूर्वाधार विकास तर्फ रु.३ करोड ६४ लाख बिनीयोजन गरिएको छ । 


त्यस्तै गाउँपालिकाको गौरबका योजनाहरुमा १ करोड १० लाख रुपैया बिनीयोजन गरिएको छ । जसमा सुन्तला जोन, माछा हब, लघु उद्यम कार्यक्रम र मोदी चक्रपथ जस्ता ठुला योजनाहरलाइ समावेश गरिएको छ । क्षेत्रगत रुपमै बिनियोजन गरेर सार्वजनिक गरिएको बजेट शनिवारकै गाउँसभाले पारित गरेको हो । त्यस्तै गाउँपालिकाका लागिथ अत्यावश्यक केहि योजनाका लागि आवश्यक बजेट प्रदेश र संघीय सरकारसँग माग गर्ने निर्णय समेत गाउँसभाले गरेको छ । 


बजेटमा गाउँपालिका सवै वडाहरुसडकको पहुँच विस्तार गर्ने, गुणस्तरिय शिक्षामा सवै नागरिकको पहुँच  अभिबृद्धि गर्ने र बन पर्यटन, उद्योग, जलविद्युत, व्यावसायिक कृषि तथा पशुपालनको माध्यमद्धारा स्वरोजगार र रोजगार सिर्जना गरी युवाहरुलाई पलायन हुने बाट रोक्ने योजनालाई पनि नगरसभाले प्राथमिकतामा राखेको बताइएको छ । 


सम्बन्धित समाचार ( स्थानीय तह)