Author
Sajan Pariyar
Sajan Pariyar

Correspondent, ParbatNepal

1 year ago

547




एक सातादेखि गाउँ अन्धकार
loading...
एक सातादेखि गाउँ अन्धकार

साउन ११, पर्वत ।  पर्वतको मोदीगाउँपालिका २ द्दोरेपोखरीमा एक साता देखी विद्युत सेवा अवरुद्ध हुदा सिगो गाउँ अन्धकार भएको छ । गाउँको छेउमा रहेको ट्रान्र्समिटरमा आएको खरावी आएका कारण एक साता देखी विद्युत अवरुद्ध भएको स्थानीय टिकाराम तिमिल्सीनाले जानकारी दिनुभयो ।

ट्रान्र्समिटरमा आएको खरावीका कारण यहाँका ५० घरधुरी अन्धकारमा बस्न बाध्य छन् । विद्युत नहुँदा कुटानी पिसानीमा समएा भएको छ भने, टिभी रेडियो सुन्ने , मोवाईल चार्ज गर्ने कार्य ठप्प भएको छ ।

विद्युत सुचारु गर्न प्राधिकरणमा पटक पटक जानकारी गराएपनि सुनुवाई नभएको स्थानीय शोभा तिमील्सीनाले जानकारी दिनुभयो ।

समस्याका वारेमा वडाध्याक्ष सहित गाउँपालिका प्मुखलाई जानकारी गराएपनि वेवासता गरेको स्थानीयको गुनासो छ ।

सम्बन्धित समाचार ( स्थानीय तह)