Author
ParbatNepal

Contributor, ParbatNepal

1 year ago

3354




प्रदेशी भूमिमा नेपाली संस्कृति
प्रदेशी भूमिमा नेपाली संस्कृति

सुजन केसी साउन १२, पर्वत । प्रदेशी भूमी । सवैलाई सोचे जस्तो कहाँ हुन्छ र रु दिनहुँ १५ सय भन्दा युवाहरु अहिले पनि प्रदेशी भूमिमा पसिना बगाउनकै लागि नेपालको अन्तराष्ट्रिय एयरपोर्टबाट बाहिरिएका छन् ।  प्रदेशी भूमिमा पुगेर पनि कतिले आफ्नै रोजी रोटीका लागि मात्रै जोहो गरिरहेका हुन्छन् त कतिले देशको पहिचान, कला सँस्कृतिका लागि आ आफ्नो स्थानबाट प्रयास गरिरहेका हु्न्छन् । 

आज भन्दा १० बर्ष अघि जापानको फूकूओकामा पुगेका पोखराका लक्ष्मण बानिया र तनहुँका दिपक थापा यतिबेला आफ्नो व्यवसाय सँगै नेपाली संस्कृति झल्काउनमा व्यस्त छन् । करिव १ करोड नेपाली रुपैँयाको लागतमा जापानको फ़ूकूओकामा सञ्चालनमा ल्याएको दरबार रेष्टुरेण्ट नेपाली परिकार मात्रै नभइ नेपाली संस्कृति र कला झल्किने सजावट गरी सञ्चालन गरेका हुन। 


यसरी प्रदेशी भूमिमा नेपाली संस्कृतिमा रम्न नेपालबाट अध्ययन तथा रोजगारको सिलसिलामा आएका नेपालीहरु र जापानिजहरू पनी दरबार रेस्टूरेंटको नेपाली सजावटले आकर्षित हुनूका साथै नेपाली पर्यटनमा पनी टेवा पुग्ने सञ्चालक दोय ले बिश्वास लिएका छन ।

दरबार रेस्टूरेंट फ़ूकूओका जापानको मिनामीकु सियोबारू मा रहेको छ।


सम्बन्धित समाचार ( जापान )
सम्बन्धित समाचार ( प्रवास)