Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

1 year ago

552




नेपाल जापान पर्यटन अध्ययन केन्द्रको आयोजनामा टोकियोमा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेपाल जापान पर्यटन अध्ययन केन्द्रको आयोजनामा टोकियोमा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

पर्यटनको क्षेत्रमा कार्यरत, अनुसन्धानरत तथा अध्ययनरत नेपालीहरुको संस्था नेपाल जापान पर्यटन अध्ययन केन्द्र तथा सुदुरपस्चिम समाज जापान, राप्ती समाज, पर्वत समाज र युथ फर अल को आयोजना मा “नेपालको पर्यटन प्रवर्द्धनमा विदेशमा बस्ने नेपालीहरुको भूमिका : सन्दर्भ नेपाल भर्मण वर्ष २०२०`` विषयक एक दिवसीय विचार गोष्ठी तथा कार्यपत्र प्रस्तुतिकरण को कार्यक्रम टोकियोको इचिगया स्टेसन नजिक रहेको जाइकाको अन्तर्राष्ट्रिय हलमा अगस्त ५ तारिख आईतवार सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाली राजदुताबास जापानका उपनियोग प्रमुख कृष्ण चन्द्र अर्याल  हुनुहुन्थ्यो भने विशेष अतिथिको रुपमा संस्कृति तथा पर्यटन मन्त्रालय का उप सचिव पुस्प कटवाल रहनु भएको थियो।

 

अन्तरक्रिया कार्यक्रमलाई दुई भागमा सञ्चालन गरिएको थियो। पहिलो भाग मा नेपाल जापान पर्यटन अध्ययन केन्द्रका सदस्यहरू बाट कार्यपत्र प्रस्तुत गरिएको थियो। जसमा विष्णु खनालले नेपालमा पर्यटनको वर्तमान अवस्था, चुनौती र अवसरहरू को बारेमा आफ्नो कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने बिशेश्वर रेग्मीले जापान को पर्यटन बजार बिषेशता एवं छिमेकी देशको बजार प्रबर्धन रणनितिबाट नेपालले के पाठ सिक्न सक्छभन्ने विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गर्नु भएको थियो। अन्तिममा संजीव राज खनाल ले जापानको पर्यटन को उदाहरण दिँदै नेपालको पर्यटन प्रवद्र्धनमा डिजिटल मार्केटिङ को बारेमा आफ्नो कार्यपत्र प्रस्तुत गर्नु भएको थियो।

 

पहिलो चरणको कार्यक्रम बाबुराम पौडेल ले सञ्चालन गर्नु भएको थियो भने उपस्थित सम्पूर्ण अतिथि हरुलाई सुजन जोशी ले स्वागत मन्तव्य प्रकट गर्नु भएको थियो।यस अन्तरक्रिया कार्यक्रममा सभापतिको आसन ग्रहण एकेन्द्र थापा ले गर्नु भएको थियो।