Author
Sajan Pariyar
Sajan Pariyar

Correspondent, ParbatNepal

1 year ago

730




स्पष्टिकरण सोधिएको भन्दै गाउँपालिकाका जनप्रतिनिधीद्धारा अनसन शुरु
स्पष्टिकरण सोधिएको भन्दै गाउँपालिकाका जनप्रतिनिधीद्धारा अनसन शुरु

साउन २३, पर्वत । मनपरी तरिकाले विदेश भ्रमण गर्ने जनप्रतिनिधीले आफुलाई स्पष्टिकरण सोधिएको भन्दै अनसन शुरु गरेका छन् । पैयुँ ४ का वडाध्यक्ष महेन्द्र श्रेष्ठ सहित वडा नं ३ का अध्यक्ष बिष्णु काफ्ले, र ५ का अध्यक्ष उमाकान्त भुर्तेलले अनसन शुरु गरेका छन् । उनीहरुले गाउँपालिकाका उपाध्यक्ष जसमती गुरुङको राजीनामा माग गरेका छन् ।आफुलाई किन बिदेश भ्रमणमा गएको भनेर स्पष्टिकरण सोधिएको भन्दै गुरुङको राजीनामा माग गरेका हुन् ।

वडाध्यक्ष श्रेष्ठ परिवारलाई भेट््न जापान गएका थिए । ‘लगातार तीन वटा बैठकमा बिना जानकारी अनुपस्थित भएपछि वडाध्यक्ष श्रेष्ठलाई स्पष्टिकरण सोधिएको थियो । वडाध्यक्ष श्रेष्ठ गएको जेठ २९ गते विना जानकारी जापान भ्रमणमा गएको गाउँपालिकाले जनाएको छ । तर श्रेष्ठले वडा सदस्य मोतीलाल नयौपानेलाई कार्यावाहको जिम्मा दिएर विदेश भ्रमणमा गएको बताउनुभएको छ ।

प्रमुख प्रशासकीय अधिकृत उज्वल भुसालले अध्यक्ष र उपाध्यक्षलाई कार्यवाहक दिएको जानकारी नगराएका कारण समस्या भएको गाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारीले बताउनुभयो । कार्यवाहक अध्यक्षको हैसियतमा सदस्य न्यौपानेले कार्यपालिकाको बैठकमा समेत भाग लिँदै आउनुभएको थियो । समस्याको समाधान खोज्ने प्रयास भैरहेको गाउँपालिकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारीले बताउनुभयो ।


उपाध्यक्ष गुरुङले पत्र पठाएपछि नेकपाबाट विजयी श्रेष्ठ जापानबाट नेपाल फर्किनुभएको थियो । श्रेष्ठ नेपाल फर्केपछि सोमबार गाउँपालिकाका अध्यक्ष तिवारी र उपाध्यक्ष गुरुङलाई भित्र थुनेर गाउँपालिका कार्यालयमा नेकपाका कार्यकर्ता र निर्वाचित जनप्रतिनिधिले तालाबन्दीसमेत गरेका थिए । प्रहरीले ताला फोडेर दुवैजनालाई बाहिर निकालेको थियो ।

नेकपाका प्रतिनिधि गाउँपालिकाका उपाध्यक्ष गुरुङले राजीनामा दिनुपर्ने अडानमा छन् भने नेपाली काँग्रेसका तर्फबाट विजयी जनप्रतिनिधि भने उपाध्यक्षलाई माफी माग्न लगाएर समस्याको निकास निकाल्ने पक्षमा छन । जनप्रतिनिधीलाई सरकारले मनपरि तरिकाले विदेश भ्रमण नगर्न सचेत गराउँदै आएको छ । 

सम्बन्धित समाचार ( स्थानीय तह)