Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

1 year ago

3753




मृगौला पीडित म्याग्दीका छन्त्याललाई आर्थिक सहयोग
loading...
मृगौला पीडित म्याग्दीका छन्त्याललाई आर्थिक सहयोग

भदौ १० जापान । मृगौला पीडित म्याग्दी जिल्ला मंगला गाउपालिका ५  अर्मन बस्ने वर्ष १९ का सुरेश छन्त्यालको उपचारमा जापानमा रहेका नेपालीहरुले सहयोग गरेका छन् । उनका दाई हाल जापानमा अध्यनरत याम बहादुर रोक्काको अनुरोध र फुकुओका नेपाल सोसाइटीका प्रवक्ता सुजन केसी साथै सुदुर पश्चिम समाज क्युसु जापानका अध्यक्ष मोहन सिंङ मडैको सकृयतामा ३२हजार रूपैया सङ्कलन भएको छ। 

छन्त्याललाई उपचारमा थप आर्थिक सहयोग होस भन्ने उदेश्यले सहयोग रकम आफु र साथीहरुवाट संकलन गरेको सङ्गै निहोन खेइजाई ढाइगाकुमा अध्यनरत रमेश खड्काले बताएका छन । संकलित भएको रकम उनका दाजु याम रोक्का लाई दिइएको छ। 

संकलित रकममा केहि साथीको थप रकम सहित दुवै मृगौला पीडित सुरेशको परिवारलाई हस्तान्तण गरिने उनका दाजु याम रोकाले बताएका छन्। दुबै मृगौला खराब भई जिबन मरणको दोसाधमा रहेका सुरेशको काठमाण्डौ स्थित टिचिङ् अस्पताल मा उपचार भई रहेको छ। सहयोग रकम संकलनमा सकृयता देखाएका फुकुओका नेपाल सोसाइटीका प्रवक्ता सुजन केसी ले यस अघि पनि आफ्नै गाउ निबासी मृगौला पिडित थमन बिक लाई समेत सहयोग गरेका थिए। 

केसी एक वरिष्ठ संचारकर्मीको रुपमा पर्बतको रेडियो शालिग्राममा सह–स्टेशन म्यानेजरको रुपमा केही बर्ष पहिला काम गरेका थिए भने मडै ले नेपालमा रहदा पनि विभिन्न सामाजिक काम गरेका थिए ।सुजन के।सी र मडै हाल जापानमा अध्ययनको शिलशिलामा जापानमा छन । उनीहरु दुबैले सामाजिक रुपमा थुप्रै काम गर्दै आएका छन । दुवै मृगौला पीडितत सुरेश छन्त्यालको शिघ्र स्वास्थ लाभ गर्दे अन्य महानुभावहरुलाई पनि सहयोग गर्न आग्रह गरेका छन्।


सम्बन्धित समाचार ( प्रवास)