Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

1 year ago

432




बाह्रौँ Reading Cup भब्य रुपमा सम्पन्न
loading...
बाह्रौँ Reading Cup भब्य रुपमा सम्पन्न

Greater Reading Nepalese Community Association (GRNCA) द्वारा यहि August 25 मा पाल्मर पार्कमा आयोजित 12th Reading Cup एेतिहाँसिक रुपमा भब्यताका साथ सफलता पुर्बक सम्पन्न भएको छ । यसपालीको Reading Cup Football Tournamentमा बेलायतको बिभिन्न ठाऊँबाट आएका २४ वटा टिमको सहभागिता रहेको थियो ।

१६ वटा टिमहरु रहेको प्रमुख समुहमा बिजेताको ताज MBZ (Mongolian Bhanzaz ) ले पहिरिन सफल भयो भने Runner-up मा Jiggy Bullz ले हात पार्न सफल रह्यो । Winning Team MBZ ले £1600 सय नगद पुरस्कारका साथ ट्रफि हात पार्न सफल रह्यो भने Runner-up मा Jiggy Bullz ले £1000 नगदका साथ ट्रफि हात पार्न सफल रह्यो ।

उपरोक्त समुहमा Jiggy Bulls का सुरज थापा मगरले सबोत्कृट खेलाडिको पुरस्कार प्राप्त गरे भने MBZ का ईदान राईले सबै भन्दा बढि गोल हान्ने खेलाडिको रुपमा गोल्डेन बुटको पुरस्कार हात पार्न सफल भए । यसैगरी जम्मा ६ वटा टिम रहेको Veterans तर्फ BBC ( Brigade boys Club ) ले बिजेता बन्दै £1000 नगदका पुरस्कारका साथ ट्रफि प्राप्त गर्न सफल रह्यो भने Runner -up मा QAFC ( Queens Avenue Football Club ) ले £500 नगद पुरस्कारमा चित्त बुझाऊनु पर्यो । उपरोक्त समुहमा BBC का सुरज गुरुंग सबोत्कृष्ट खेलाडि र BBC कै मिलन राई सर्वोत्तम गोल गर्ने खेलाडि घोषित हुँदै पुरस्कार हात पारे ।

 सन् 2007 साल देखी शुरु भएको रेडिंग कप नेपाली समाजले हरेक बर्ष आयोजना गर्दै आएको छ र ऊक्त Tournament भित्रका अन्य आकर्षण हरुमा नेपाली स्वयं सेबक स्बास्थ्य कर्मिहरु द्वारा निशुल्क स्वास्थ्य प्रशिक्षण , बिभिन्न नेपाली परिकारका खाना पिना तथा नेपाली पहिचानका सामाग्रिको प्रदर्शन र भाग्यदया चिठ्टा (Raffle draw )प्रमुख थिए जस्ले गर्दा यो एऊटा मिनी नेपाली मेलाको रुपमा परिणत भए झैं देख्न सकिन्थ्यो ।


तस्बिर साैजन्य : मणि सुवेदी

उपाध्यक्ष सुसिला गुरूंग र सल्लाहकार ढक गुरुंगले स्वंयसेबक हरुलाई बिहानको खाजाको स्वसौजन्य गर्दै बितरणको ब्यबस्था गर्नु भएको थियो भने सल्लाहकार अर्जुन बस्नेतको नेतृत्वमा रेडिंग आमा समुहकी अध्यक्ष चन्द्रा पुन , GRNCA ऊपाध्य़ दिपक गुरूंग लगायतको सहयोगमा दिन भर नै नेपाली परिकारका खानाको ब्यबस्थापन गरिएको थियो ।

 सल्लाहकार रामेश्वर थापा र साथिहरुको सकृयतामा भएको राफल ड्र् ले अदभुत रूपमा मनोरन्जन दिनुका साथै राम्रो आय आर्जन गर्न समेत गर्न सफल रह्यो।

स्थानीय स्वास्थ्यकर्मि शुभाष दाहाल, नानु दाहाल र यशोदा कार्कीको हेल्थ चेकको मोर्चा अत्यन्तै प्रंशशनीय रह्यो ।सल्लाहकार द्वय क्याप्नेट सि बि पुन र चन्द्रमान गुरुंगको सेक्युरिटी ब्यबस्थापनले कार्यक्रमको सौहार्दतामा थप योगदान गर्न सफल भएको महसुस गर्न सकिन्थ्यो । उपाध्यक्ष भिमसेन खड्काको संयोजनमा परिचालीत स्वयंसेवक महानुभावहरुको योगदान ज़्यादै प्रशंसनीय रह्ये ।

त्यस्तै उपाध्यक्ष धन बहादुर रानामगरको संयोजकत्वमा संचालित प्राबिधिक टोलीमा प्रेम गुरूंग , भरत पौड्याल र प्रभात अधिकारीको टोलीले दिनभर खेलको ब्यबस्थापन र संयोजन गरेको थियो । पत्रकार रमेश कायस्थ , मनि सुबेदी ,सुबिन गुरुंग र गोबिन्द अर्मजा लगायतका फ़ोटोग्राफ़र हरूको लगातार कभरेजले टुर्नामेन्टको एक उचाई थपेको महसुस हुन्थ्यो । बिहान दश बजेनै शुरु भएको उपरोक्त खेलको उद्घाटन गैर आबासिय नेपाली सँघ बेलायतका बरिष्ट नेता तथा समाजसेवी बि़श्व आदर्श पण्डित र उपाध्यक्ष पुनम गुरूंगले संयुक्त रुपमा गर्नुभयो भने बेलुका आठ बजे पुरस्कार बितरण समारोहमा रेडिंग मेयर काऊन्सिलर Debs Edwards प्रमुख अतिथीको रुपमा उपस्थित हुनुभएको थियो ।

यसैगरी ऊक्त समारोहमा ग़ैर आबासिय नेपाली संघठन बेलायतका अध्यक्ष योग कुमार फगामी र पुर्ब उपाध्यक्ष हिराधन राई लगाएत GRNCA पूर्ब अध्यक्षहरु अर्जुन बस्नेत , कीर्ति बिलास पन्त, र मान बहादुर गुरुंग र GRNCA सल्लाहकारहरु तथा सौजन्यकर्ताहरुको पनी उपस्थिती थियो। पुरस्कार बितरण कार्यक्रमको अन्त्यमा रेडिंग मेयरले छोटो मन्तब्य ब्यक्त गर्दै रेडिंग नेपाली समाजले आयोजना गरेको उक्त खेलमा आँफु पनी उपस्थित हुँदै खेल हेर्न पाएकोमा र पुरस्कार बितरण गर्ने मौका पाएकोमा प्रसन्नता ब्यक्त गर्दै रेडिंग नेपाली समाज र संबन्धित सबैलाई धन्यबाद ज्ञापन गर्नु भयो ।

कार्यक्रमको अन्तिममा रेडिंग नेपाली समाजका अध्यक्ष कृष्ण न्यौपानेले बाह्रौ रेडिंग कप सफलता पुर्बक सम्पन्न भएकोमा खुसी ब्यक्त गर्दै सफल पार्न योगदान गर्ने स्वंयसेबक , सौजन्यदाताहरु , खेलाडि ,दर्शक र शुभचिन्तक सबैलाई धन्यबाद ज्ञापन गर्दै औपचारिक रुपमा रेडिंग कप २०१८ समापन भएको घोषणा गर्नु भयो । बाह्रौ रेडिंग कपको संयोजन संस्थाका ऊपाध्यक्ष यादब श्रेष्ठले गर्नु भएको थियो भने कार्यक्रम संचालन महासचिव ओमकार अधिकारीले गरेका थिए ।

तस्बिर साैजन्य : मणि सुवेदी

na
सम्बन्धित समाचार ( प्रवास)