Author
Sajan Pariyar
Sajan Pariyar

Correspondent, ParbatNepal

1 year ago

1194




मोदी गाउँपालिकामा ६ सय गाँजाका वाटे नष्ट
loading...
मोदी गाउँपालिकामा  ६ सय गाँजाका वाटे नष्ट

भदौ ११, पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतले जिल्लाको मोदी गाउँपालिकामा गाँजाका बोटहरु फँडानी गरेको छ ।

गाउँपालिकाको वडा नं. ८ चित्रेको विभिन्न स्थानमा प्राकृतिक रुपमा उम्रिएका झण्डैं ६ सय बोटहरु नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक सुरज खत्रीले जानकारी दिए ।

प्रहरी चौकी देउपुर डिमुवाबाट प्रहरी सहायक निरीक्षक भुवन बरामको नेतृत्वमा गएको प्रहरी टोलीले स्थानीयबासीको सहयोगमा उक्त संख्याका गाँजाका बोटहरु नस्ट गरेको हो ।

प्रहरी निरीक्षक खत्रीका अनुसार प्रहरीले मोदी गाउँपालिकामा गाँजा उत्पादन हुने गरेको भन्दै गाउँपालिका अन्तर्गतका अन्य वडाहरुको साथै जिल्लाका अन्य विभिन्न ठाउँमा पनि अनुगमनमा गाँजा नष्ट गर्ने अभियान चलाउँदै छ ।

जिल्लामा हालै मात्र सरुवा भएर आएका प्रहरी प्रमुख भुवनेश्वर तिवारीले जिल्लामा शान्ति सुरक्षालाई मजबुत राख्न आपूm कहीँ पनि नचुक्ने बताईरहेकै बेला प्रहरी गाउँमा गाउँमा पुगेर गाँजा नष्ट गर्न थालेको हो ।

सम्बन्धित समाचार ( स्थानीय तह)