Author
Sajan Pariyar
Sajan Pariyar

Correspondent, ParbatNepal

1 year ago

578




हिउँदे सिँचाईका लागि पैयुमा पोखरी निर्माण
हिउँदे सिँचाईका लागि पैयुमा पोखरी निर्माण

भदौ १४, पर्वत । हिउँदे खेतीका लागि आवश्यक सिँचाई समस्या टार्न पर्वतको पैयु गाउँपालिका २ त्रिवेणीमा पोखरी निर्माण भएको छ । हिउँदमा बाँझो रहने अल्टारी, बाँस्कोटे, ठुलोबेसी, नेपाने र उपल्लो टारी सिँचाई गर्नका लागि स्थानियवासीले धर्मखोलामा बाँध बाँधेर पोखरी बनाएका हुन् ।

४० मिटर लम्वाई, १२ मिटर चौडाई र ३ मिटर गहिरो पोखरी निर्माणको कार्य भर्खरै सकिएको वडा सदस्य कृष्णप्रसाद भुर्तेलले जानकारी दिनुभयो ।  दुई बर्ष अघि तत्कालीन जिविसको १ लाख ५० हजार रुपैयाँ सहयोगवाट पोखरी निर्माण थालिएको थियो ।

२०७३ मा निर्माण सुरु भएको बजेटमा स्थानीयले नगद र श्रमदान गरि ३ लाख रुपैयाँको काम गर्दा पनि नपुगेपछि काम अलपत्र थियो। स्थानीय तहमा बजेट पुगेपछि वडा कार्यालयबाट चार लाख निकासा आउँदा काम अघि बढेको हो। पोखरीकै लागि इन्प्रेड नेपालले १ लाख सहयोग गरेपछि थप ५ लाख उपभोक्ताले जुटाएका थिए। पोखरी निर्माण भएपछि आगामी हिउँदमा पोखरीको पानीले सिँचाइ गर्न पाउने आशामा त्रिवेणीवासी छन

यो पोखरीको पानीले खेतबारी सिँचाइ गर्ने करिब सय घरपरिवार छन। हिउँदे सिँचाइको अभाव झेल्दै आएका त्रिवेणीवासीले अब व्यावसायिक तरकारीमा लाग्ने योजना रहेको सुनाए। हिउँदमा बाँझो रहने जमिनमा आम्दानी बढाउन वडा र गाउँपालिकाले सहयोग गरेको वडाध्यक्ष भीमसेन गुरुङले बताउनु भयो । हिउँदे सिँचाइ भए धेरै किसानको जीवनस्तर बदलिने उहाँको विश्वास छ ।

पोखरीमा करिब १५ लाख लिटर पानी जम्मा हुने प्राविधिक अनुमान छ। अल्टारी, बाँस्कोटे, ठूलोबेंसी, नेपानेटारी, उपल्लो खन्नलगायतका फाँटमा हिउँदमा गहुँ, आलु, तोरी, मकै, चैतेधान लगायतको खेती गर्न सकिने छ

सम्बन्धित समाचार ( स्थानीय तह)