Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

1 year ago

601




एलआईसी विमा कम्पनीको १७ वार्षिकोत्सव सम्पन्न
loading...
एलआईसी विमा कम्पनीको १७ वार्षिकोत्सव सम्पन्न


भदौ १७ पर्वत । 

एलआईसी लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड वागलुङ शाखाले १७ औँ बार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा कम्पनीले ल्याएका नयाँ स्किमको बारेमा जानकारी दिँदै र एकआपसमा शुभकामना आदानप्रदान गरिएको छ । 

बार्षिकोत्सवमा कम्पनीका शाखा प्रमुख शम्भु शर्मा सिलवालले केक काटेर वार्षिकोत्सवमा एकआपसमा वितरण गरेर शुभकामना आदानप्रदान गर्नुभयो । उहाँले जीवन वीमाको फाईदाका बारेमा जनमानसमा विश्वास वढ्दै गएको बताउनुभयो । २००१ वाट शुरु भएको यो विमा कम्पनीले ४२ वटा शाखा सञ्चालन गरिसकेको छ । 

२१ वटा शाखा थप गर्न विमा समितिबाट अनुमती लिईसकेको उक्त अवसरमा जानकारी दिईएको थियो । कम्पनीका एजेन्सी म्यानेजर गोविन्द अधिकारीले वचत र आफ्नो सुरक्षाका लागि विमाको आवश्यकता रहेको बताउनुभयो । विमाले वचतमा मात्रै प्रोत्साहन मात्रै नगरेर वचत गर्नलाई वाध्य बनाउने अधिकारीले बताउनुभयो । 

पर्वतको कुश्मा र ग्रामीण क्षेत्रमा पनि तालिम सञ्चालन गर्ने र अभिमुखीकरण मार्फत सचेतना फैलाउने उहाँले बताउनुभएको थियो । कार्यक्रममा एजेन्सी म्यानेजर रमा घिमिरेले पनि बोल्नुभएको थियो । कार्यक्रममा वागलुङ, पर्वत र म्याग्दीका एजेन्सी म्यानेजर र अभिकर्ताहरु सहभागी भएका थिए । 


सम्बन्धित समाचार (जिल्ला )