यो प्रतिबिम्बमा देखिएको म म होइन
यश जोशी     1 year ago
यो प्रतिबिम्बमा देखिएको म म होइन
illustrator :- https://www.pinterest.jp/pin/567383253031365489/

यो प्रतिबिम्बमा देखिएको म म होइन
तिम्रा मातिएका नजरले खोज्ने मेरा अंग
तिम्रा भाब शून्य रासलिला संग
तिम्रा क्रुदपनले लुटिएका मेरा अस्मिता
तिम्रा क्षणिक तिर्सनाका सिकार मा
यो मैन झै पग्लिरहेको म म होइन …

तिम्रा इशारामा बहकिएको
तिम्रा चाहनामा लहसिएको
तिम्रा धन संग साटिएको
तिम्रा कुकर्म संग जोडिएको
यो कठपुतलि झै नाचिरहेको म म होइन ….

तिम्रा भूत संग नै कुनै सम्बन्ध थियो
तिम्रा भविस्य संग नै केहि आशा छ
तिम्रा वर्तमानको खेलौना
तिम्रा पलभरको बिलौनामा
यो क्रितिम भावना पोखीरहेको म म होइन ……

तिम्रा जिबनका आबेग मेटाउने
तिम्रा लागी क्षणिक उमंग दिने
तिम्रा हासो संग हास्ने
तिम्रा आशु संगै रुने
यो देहब्यापारको नाटक गरिरहेको म म होइन ……………