गजल
प्रेम मगर 7 years ago
ठेगना–बागलुङ हाल हाल बजार
यहाँ विद्वान बन्छु भन्ने छोरो चोर भैदियो
यही कुराले `बा´को मन कमजोर भैदियो
हिउँदमा हेर्यो बर्खा हेर्यो फरक देखिदैन
सरकार पनि बागमती झै फोहोर भैदियो
मैले मेरो झुपडीलाई दरबार देख्छु मित्र
तिमीलाई कसरी झुपडी खोर भैदियो
हिजोसम्म निष्ठुर निर्दयी ढुङ्गा मात्रै थियो
आज अर्को मान्छेको मन कठोर भैदियो
जसले प्रेमको अपेक्षा ज्यादा गर्यो म बाट
यार यो प्रेम पनि उसैलाई धेरथोर भैदियो
यही कुराले `बा´को मन कमजोर भैदियो
हिउँदमा हेर्यो बर्खा हेर्यो फरक देखिदैन
सरकार पनि बागमती झै फोहोर भैदियो
मैले मेरो झुपडीलाई दरबार देख्छु मित्र
तिमीलाई कसरी झुपडी खोर भैदियो
हिजोसम्म निष्ठुर निर्दयी ढुङ्गा मात्रै थियो
आज अर्को मान्छेको मन कठोर भैदियो
जसले प्रेमको अपेक्षा ज्यादा गर्यो म बाट
यार यो प्रेम पनि उसैलाई धेरथोर भैदियो
