मेरो जीवन
यश जोशी     6 months ago
मेरो जीवन
....

न कुनै सफलता न असफलता बिच मन्डारिरहेको मेरो जिबन 

गुमनाम छ यहा लाखौका बिच रुमल्लिरहेको मेरो जिबन 


कहिले वार कहिले पार बिना यात्रुको डुङ्गा झै अलपत्र
खै के को प्रतिक्षामा मझधारमा अड्किरहेछ मेरो जिबन


एक्लै अाउनु एक्लै जानुको यर्थातलाई बिर्सी सम्बन्धको खोजी

को अाफ्नो को बिरानो चिनजान मै अल्झीरहेछ मेरो जिबन


अाशा र भरोसाका सिमानाहरु नाघ्दै सहनशक्तीको परिक्षामा

क्षितिजमा डुब्न लागेको घामसरि मनमोहक छ मेरो जिबन.....


photo credit :-Getty images