एनआरएन यूके चुनाव
प्रकाश न्यौपाने     2 months ago
एनआरएन यूके चुनाव
पर्बतको बिहादीमा जन्मेका प्रकाश न्यौपाने हाल पर्बत वेलफेर सोसाइटी युकेको सचिब तथा प्रबक्ता हुनुहुन्छ र समसामयिक बिषयमा कलम चलाईराख्नुहुन्छ

एन आर एन युके अधिवेशन तथा वर्ष १९/२१ कार्यसमिति निर्वाचन दिन प्रतिदिन नजिकिदै छ।

फाट्टफुट्ट उम्मेद्बारी को घोषणा सुन्नमा आइ रहेकोे पाइन्छ। कोहि आफ्नै बल, बुद्धि, क्षमता तथा अनुभव को आधारमा अघि बढेका छन त कोहि अरुले उचालेको भरमा उठेका छन। 

कोहि संस्था लाई केही गर्छु भन्ने उद्देश्य लिएर हिडेका छ्न त कोहि पुगे पछि देखि जाला सोचेका छन।

समाजिक संजालमा उम्मेद्बारी दिने आधुनिक प्रचलनले समाजिक संजाल प्रयोगकर्ता ले के कति उमेदवार थपिएको जानकारी लिन समाजिक संजाल वढी प्रयोग गर्न पर्ने बाध्यता देखिएको छ। कसैको मा पाहुना भएर जानुस् अथवा कोहि पाहुना बोलाउनु होस सलाम नमस्कार नसकिदै वाइफाइ को पासवोर्ड दिने तथा लिने काम हुन्छ। त्यस पछि आँखा छ मोबाइलमा। नुन खाएको कुखुरा जस्तै। केही समय पछि वलि दिनु अघिको पानी छम्केको पाठो भट्भटाए जस्तो अचानक होस मा आउछन। अचानक आयोजक वा पाहुना भएको चाल पाउँछन्। यो सबै बाध्यता हो। उमेदवार ले छिटो छिटो उम्मेद्बारी दिएर सके यो सबै गर्नु पर्ने थिएन। यति धेरै समय सामाजिक संजाल मा प्रयोग गर्नु पर्ने थिएन।

उम्मेद्बारी दिने सबै उमेदवार को जित हुदैन। यो धुर्वसत्य कुरो हो। उम्मेद्बारी दिने सबै को लक्ष्य जीत हुन्छ। यो भने अहिले पुरानो भनाइ भयो। अहिलेका उमेदवार को एउटै लक्ष्य छ "सके आमैले घिउ हाल्देलिन, नभए खट्टे सेलाउला" अर्थात सके चुनाव जितिएला नत्र चर्चित बनिएला। यो भन्दा ठूलो चर्चा मा आउने मौका कहाँ पाइन्छ र?