कोरोना भाइरस के हो ?
यो एक नयाँ प्रकारको श्वासप्रश्वास सम्बन्धी रोग हो जुन एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ। यो भाइरस COVID-19 को रूपमा पनि चिनिन्छ। COVID-19 लाई निम्त्याउने भाइरस गम्भिर तीव्र प्रश्वासन सिन्ड्रोम (SARS) र मध्य पूर्व प्रश्वासन सिंड्रोम (MERS): दुबै कोरोनाभाइरसका प्रकारहरू हुन्। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले यसलाई महामारीको रूपमा घोषणा गरेको छ।
COVID-19 कसरी फैलिन्छ ?
COVID-19 एक व्यक्ति देखि अर्को व्यक्तिमा फैलिन्छ। यो भाइरस मुख्यतया एक अर्कोसँग नजिक सम्पर्क भएका मानिसहरुमा (१ वा २ मिटर) संक्रमित व्यक्तिले खोकी वा हाच्छिउं गर्दा उत्पादित श्वासप्रवाह मार्फत सर्दछ।
COVID-19 का लक्षणहरू के हुन्?
COVID-19 का बिरामीहरूमा हल्कादेखि गम्भीर श्वासप्रश्वास सम्बन्धी रोगका लक्षणहरू देख्न सक्छौं । संगसँगै यी लक्षणहरू पनि देख्न सक्छौं :
• खोकी
• ज्वरो
• सास फेर्न गाह्रो
केही बिरामीहरूको नाकबाट सिगान बग्ने, घाँटी दुख्ने, नाकको दुखाइ र पीडा वा पखाला हुन सक्छ। विरलै अवस्थाहरूमा, COVID-19 ले गम्भीर श्वासप्रश्वास समस्या, मृगौला फेल गराउन वा मृत्यु निम्त्याउन सक्छ।
वृद्ध उच्च रक्तचाप, मुटु रोग सम्बन्धि समस्याहरू वा मधुमेह, वा श्वासप्रश्वासको गम्भीर समस्या भएका व्यक्तिहरू COVID-19 बाट बढी जोखिममा हुन्छन।
तपाईं यो कोरोनाभाइरसबाट कसरी जोगिन सक्नुहुन्छ?
यो महामारी रोगबाट जोगिन, रोग नियन्त्रण र रोकथाम केन्द्र (CDC) का यी सुझावहरू छन्:
१. हातहरू बारम्बार कम्तिमा २० सेकेन्डसम्म राम्रोसँग धुनुहोस्
२. खोक्ने बेलामा र हाच्छिउं गर्दा मुख वा नाक टिशू पेपरले ढाक्नुहोस्, त्यसपछि टिशूलाई फाल्नुहोस्
३. आफ्नो हात नधोईकन, आँखा, नाक वा मुख छुनु हुँदैन
४. बिरामी भएको बेला घरमा बस्नुहोस्
५. धेरै प्रयोग हुने ठाउँ र सामानहरु सफा गरिरहने (जस्तै लाइट स्विच, ढोका ह्यान्डल, टेबल सतह, टिभी रिमोट, फोन)
र अन्य सावधानीहरू
• बिरामी वा लक्षण भएको जो कोहीसँग नजिकको सम्पर्क (करीव १ वा २ मिटर) बाट बच्नुहोस्
• ठूला कार्यक्रम वा सभामा नजानुहोस्
• व्यक्ति बीच दूरी राख्नुहोस्
COVID-19 बारेमा अधिक जानकारी कसरी प्राप्त गर्ने?
हामी विभिन्न वेबसाइटहरुबाट जानकारी प्राप्त गर्न सक्दछौं, तर हामीले भरपर्दो स्रोतहरू द्वारा प्रदान गरिएको जानकारी मात्र पढ्नु पर्छ। हालसालै सामाजिक सन्जाल (जस्तै टिकटक, फेसबुक, इन्स्टाग्राम, युट्यूब) र अन्य वेबसाइटहरूमा गलत समाचार (fake news and wrong information) र जानकारी लेखिएको हुन्छ, यसैले तपाईंले विश्वासिला स्रोतहरू (सरकारी वेबसाइटहरू) मात्र पढ्नु पर्दछ ।
COVID-19 को लागी कुनै भ्याक्सिन / औषधि छ?
अहिले सम्म COVID-19 लाई बचाउन कुनै भ्याक्सिन/ औषधि छैन। COVID-19 भएका व्यक्तिहरूले लक्षणहरू कम गर्न मद्दतको लागि चिकित्सा सेवा लिन सक्नुहुन्छ ।
औषधीको बारेमा धेरै गलत सूचना/समाचारहरू छन् त्यसैले सावधान रहनुहोस्।
यस समयमा स्वस्थ रहन कसरी सकिन्छ?
• परिवारको साथ समय बिताउनुहोस्
• ध्यान गर्नुहोस्
• काममा परिवारलाई सहयोग गर्नुहोस्
• घर सफा गर्नुहोस्
• व्यायाम, योग गर्नुहोस्
• स्वस्थ खाना खानुहोस्
• अर्कोको घर नजानुहोस्
• घरको बगैचामा काम गर्नुहोस्
• बगैचामा हिड्नुहोस्
COVID-19 लग्यो भने के गर्ने?
करीब ८०% व्यक्तिहरू जसलाई COVID-19 को असर साधारण रुघा खोकी को जस्तै हुन्छ र कुनै विशेष उपचारको आवश्यकता बिना नै निको हुन्छन्। यो भाइरसलागेको बेलामा परिवारको सदस्यसंग पनि एक मिटर दूरी राखनुहोस्, कम्तिमा पनि ७ दिन बाहिर नजानुहोस् ।
यो रोग निको हुन प्रतिरक्षा प्रणालीको शक्तिमा (immunity) निर्भर गर्दछ त्यसैले चिन्ता नलिनु होस्, आराम गर्नु होस्, भिटामिन सी र स्वस्थ खाना खानुहोस। यो रोग बाट निको हुन् सक्नु हुनेछ।
