शिक्षामा सुधार कसरी गर्न सकिन्छ ? नरनाथ सापकोटाका उपयोगी टिप्सहरु
लेखक : नरनाथ सापकोटा     6 years ago
शिक्षामा सुधार कसरी गर्न सकिन्छ ? नरनाथ सापकोटाका उपयोगी टिप्सहरु

शिक्षा विकासको जग हो । शिक्षाले व्यक्तिमा चेतनाको जागृत गराउँछ र उसको सोचाइ तथा व्यवहारमा परिवर्तन ल्याउँछ । व्यक्तिमा ज्ञान, सीप र धारणाको विकास गराउँछ । शिक्षाको माध्यमबाट नै देशको आवश्यकताअनुसारको जनशक्ति उत्पादन गरी विकासका गतिविधि अगाडि बढाउन सकिन्छ । सरकारले बर्षनी करोडौँ रकम शिक्षामा खर्च गदै आएको छ । यति ठूलो रकम खर्च गर्दा पनि सरकारले शिक्षाबाट अपेक्षित उपलब्धि हासिल गर्न नसकेको भनी सार्वजनिक रुपमा व्यक्त गर्ने गरेको पाइन्छ । यस पक्षलाई दृष्टि दिँदा शिक्षामा लगानी अनुरुपको उपलब्धि हुन नसक्नुमा सामुदायिक शिक्षा क्षेत्रमा देखा परेका समस्या र विकृतिहरु नै कारक तत्वको रुपमा रहेको देखिन्छ ।   हाम्रो देशको शैक्षिक गुणस्तर खस्केको त हैन तर परिवर्तित परिवेश अनुरुप गुणस्तर अभिवृद्धि हुन नसकेको पक्कै हो ।


परिवर्तित परिवेश अनुरुप गुणस्तर अभिवृद्धि गर्न निम्न अवस्थाको वातावरण बनाइनु पर्छ :

– राज्यको शिक्षाप्रतिको स्पस्ट दृष्टिकोण हुनुपर्छ ।

– शैक्षिक कानुनहरु समयमै बनाइनु पर्छ ।

– शैक्षिक कानुनको परिपालन प्रभावकारी हुनुपर्छ।

– शिक्षा क्षेत्रमा राजनीतिक प्रभाव हावी हुनुहुदैन।

– शिक्षकलाई सबै राष्ट्रसेवक सरहको समानुपातिक ब्यवहार गरिनुपर्छ।

– शिक्षा क्षेत्रमा लगानी अभिवृद्धि गर्नुपर्छ।

– शैक्षिक अनुसन्धानमा बढ्ता जोड दिइनुपर्छ।

– दरवन्दी,अनुदान,राहत हैन एकै प्रकृतिका शिक्षकको ब्यवस्था गरिनुपर्छ।

– शिक्षाविद्हरुले शिक्षकलाई गाली गर्ने हैन पुरस्कार प्रेरित वचन बोल्नुपर्छ।

– शिक्षकले चाहेकै छैनन् चाहे गर्न सक्छन् नभनेर शिक्षकलाई उत्प्रेरित गर्ने बचन शिक्षा सम्बद्ध निकाय

  तथा ब्यक्तिले बोल्न सक्नुपर्छ।

– निजी र सरकारी स्कुलको SEE को मात्र नतिजाको आधारमा शिक्षा सम्बद्ध निकाय तथा ब्यक्तिले

  प्रचार गर्नु हुदैनस यसबारे अनुसन्धानात्मक निष्कर्ष बोल्नुपर्छ।

– आफूलाई नै उत्पादन गर्ने शिक्षकलाई अनावश्यक दोषारोपण हैन आवश्यक पृष्ठपोषण

   दिने बानीको बिकास गर्नुपर्छ।

– प्राबिधिको उपलब्धता र प्रयोगमा जोड दिइनुपर्छ।

– शिक्षकको स्वच्छ पेशागत विकासमा जोड दिइनुपर्छ।

– right man in right place भन्ने भनाइलाई यथार्थपरक बनाईनु पर्छ ।

– शिक्षक पिरियड्भार कम गरिनुपर्छ, ताकी बाकी समय अध्ययन अनुसन्धान र तयारीमा

  शिक्षक ब्यस्त होस् ।

–बि.ब्य.स. शिक्षक र प्र.अ.एकापसमा उत्प्रेरित गर्ने बानीलाई अझै प्रभावकारी बनाइनु पर्छ।

–बिद्यालय सुपरिवेक्षण र पृष्ठपोषणलाई अझै प्रभावकारी बनाइनुपर्छ।

– प्रत्येकले स्वमुल्यांकन गर्ने बानीको बिकास गर्नुपर्छ ।

– अभिभावकले आफ्ना बाबुनानीलाई बढी भन्दा बढी समय दिनुपर्छ । अनि २०७७/ ७८ को प्रस्तावित   बजेटमा माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने सबै निजी विद्यालयले सामाजिक उत्तरदायित्व बहन गर्दै कम्तीमा एक सामुदायिक विद्यालयमा शैक्षिक पूर्वाधारका सामग्रीसहित शैक्षिक गुणस्तर सुधारको जिम्मेवारी लिनुपर्ने व्यवस्था गरिएको छ । यसरी सामुदायिक बिद्यलयका शिक्षक कर्मचारीको अपमान हुनेगरी ब्यवस्था गर्दा शैक्षिक गुणस्तर सुध्रिदैन । कम्प्युटर दिदा नलिने जस्ता कुराले आवाजलाई मत्थर पार्न खोजिएको छ । यो बुदा सच्याउन आवश्यक छ ।

स्मरणीय यथार्थ :

– अमेरिकामा बैज्ञानिक र शिक्षकलाई VIP मानिन्छ ।

– फ्रान्समा सम्मानित अदालतभित्र शिक्षकलाई मात्र कुर्सीमा बस्ने अनुमति छ ।

– जापानमा शिक्षकलाई पक्राउ गर्न पुलिसले सरकारबाट विशेष अनुमति लिनुपर्छ ।

– कोरियाका शिक्षकहरुले ती सुबिधाहरु उपभोग गर्न पाउछन् जुन सुबिधाहरु भारतमा मन्त्रीहरुले आफ्नो परिचयपत्र                                 

   देखाएर मात्र उपभोग गर्न पाउछन् । 

  

शिक्षकM नरनाथ सापकोटा                                       

श्री सार्वजनिक मा.बि. कुश्मा न.पा. ९ पर्वत