Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

2389




पाखापानीका वडाध्यक्षका विरुद्ध जग्गा हडपेको आरोप
पाखापानीका वडाध्यक्षका विरुद्ध जग्गा हडपेको आरोप

कात्तिक ९, पर्वत । जिल्लाको महाशिला गाउँपालिकाका–४ पाखापानीका वडाध्यक्ष पुर्णवहादुर मल्ल सहितको समुहले गाउँका निजि जग्गा हडप्न खाजेको भन्दै जिल्ला प्रशासनमा उजुरी परेको छ । सोही वडाका बलवहादुर खत्रीले आफ्नो नीजि जग्गामा जवरजस्ती हडप्न खोजेको भन्दै वडाध्यक्ष मल्ल र सोहि ठाउँका यामवहादुर भण्डारीका विरुद्धमा जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्नुभएको हो ।

पीडित खत्रीका अनुसार महाशिला –४ साविक पाखापानी गाविस–४ चियान डाँडामा रहेको किस्ता नम्वर १८७ को क्षे.फ १ रोपनी २ आना १ पैसा २ दामको आफ्नो जग्गामा मल्ल र भण्डारीले हडप्न खोज्नुभएको हो । गत कात्तिक ६ गते वडाध्यक्ष मल्ल र सोही स्थानका भण्डारीको अगुवामा आएको २०–३० जनाको समुहले आफुले एकलौटी हक भोग गरेको जग्गामा बिना अनुमती डोजर प्रयोग गरेको खत्रीले बताउनुभयो ।


 आफुलाई कुट्न आएको समूहलाई छुटाउन खोज्ने जेठी छोरी लक्ष्मी खत्रीलाई समेत कपाल लुछि लगाएको तिन तोलाको सिक्रि, नगद ४ हजार,कोदालो, १ तोलाको औंठी लगेको खत्रीको आरोप छ । डोजर चलाउँदा मेरा छोराछोरीलाई तथानाम गाली गनृुका साथै हातपात गरि खरबारीमा समेत आगो लगाईदिएको खत्रीले बताउनु भयो । उहाँले गाउँमा बस्न सक्ने अवस्था नरहेको भन्दै प्रसासन संग सुरक्षाको माग गर्नुभएको छ ।

आफुमाथी उक्त घटनाको विषयलाई लिएर दैनिक धम्कि आईरहेकाले खत्रीले सुरक्षाको माग गर्नुभएको हो । साथै उहाँले दोषीमाथी कारबाहीको माग गर्नुभएको छ । वडाध्यक्ष मल्ल र स्थानीय यामवहादुर भण्डारी विरुद्ध खत्रीले बिहिवार जिल्ला प्रशासनमा उजुरी दर्ता गराउनु भएको छ । यता वडाध्यक्ष पुर्णवहादुर मल्लले पर्वत नेपाल अनलाईन सँग कुराकानी गदै आफुले त्यस्तो नगरेको बताउनु भयो । ‘त्यो बाटो पहिल्यै थियो ।



अहिले चक्लाबन्द गर्न क्रममा विवाद भएपछि आफुले बाटो खन्न रोकिएको छ ।’ आफु वडाको विकासमा दिनरात खटेको बताउँदै कसैलाई पक्षपात नगरि समान तवलले विकास गर्ने बताउनु भयो ।‘मैले कसैलाई केही गरेको छैन प्रमाणभए मलाई कारबाहि गरे हुन्छ–उनले भने ।’

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)