Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

2 years ago

1483




''स्किल इन्भेस्ट''को एजेण्डा सहित बेल्जियमाको सचिवमा भट्टको उम्मेदवारी
''स्किल इन्भेस्ट''को एजेण्डा सहित बेल्जियमाको सचिवमा भट्टको उम्मेदवारी

पर्वतनेपाल

गैह्रआवासीय नेपाली (एनआरएन) ले के गर्छन ? आम नेपालीहरुको एनआरएनबारेको बुझाइ सामाजिक, प्राकृतिक, मानवीय दुखमा नेपालमा पैसा पठाउने गैह्रआवासीय नेपालीको संस्था भनेर बुझ्ने गर्दछन ।

२०७२ को भूकम्प होस वा कोरोना, बाढीपहिरो होस वा सामाजिक क्षेत्रका कार्य, एनआरएनले सहयोग नगरेको ठाउँ कहिँ छैन । तरपनि, आम नेपालीको बुझाइमा एनआरएनए आर्थिक सहयोग गर्ने एक संस्था हो ।

विदेशमा रहेका नेपालीहरुको बुझाई चाहिँ एनआरएन भनेको हामीसँग पैसामात्र माग्छ भन्ने बुझाई छ । उनीहरु पनि विदेशमा छन, तर एनआरएनलाई अपनत्व महसुस गर्दैनन ।

यही द्विविधा चिर्ने, गैह्रआवासीय नेपालीलाई अपनत्व महसुस गराउने र नेपालमा स्किल ट्रान्सफर गर्ने एजेण्डा लिएर आसन्न एनआरएन बेल्जियमको चुनावी मैदानमा पर्वतका युवा सुवास भट्ट सचिव पदका उम्मेदवार बनेका छन ।

उनी जसरी एनआरएनलाई बुझे र त्यसमा घुलमिल भए, त्यहाँ उनको बुझाई फरक रह्यो । एनआरएनको परम्परागत कार्यशैली उनलाई चित्त बुझेन । संस्थालाई स्मार्ट बनाउने र कार्यशैली आधुनिक बनाउनुपर्छ भनेर नै उनी सचिव पदको उम्मेदवार बनेका हुन ।

इन्जिनियरिङ पृष्ठभूमिका भट्ट अहिले त्यहाँको एक बहुराष्ट्रिय कम्पनीमा आबद्ध छन । पर्वतको फलेवास स्थित साविकको खानीगाउँ गाविसका भट्ट त्यहीँको धु्रवनमुना माध्यमिक विद्यालयबाट २०६१ सालमा एसएलसी उत्तिर्ण भएका थिए । एसएलसी दिएपछि विज्ञान विषय अध्ययन गर्न काठमाण्डौ गएका उनले आइओइमा नाम निकालेपछि पोखरास्थित वेस्टर्न रिजन क्याम्पस (डब्लुआरसी) मा सिभिल इन्जिनियरिङ अध्ययन गरे । अध्ययनपश्चात उनले काठमाण्डौको एक कम्पनीमा काम पनि गरे ।

मास्टर्स पढ्ने सिलसिलामा २०१५ मा बेल्जियम पुगेपछि त्यहाँको नेपाली समुदायसँग घुलमिल हुने क्रममा एनआरएनसँग जोडिन पुगेका थिए ।

एनआरएनमा जोडिइरहँदा उनले त्यहाँका पदाधिकारीहरु पुरानै ढाँचाका, काम नगर्ने आश्वासन दिने, राजनीतिमा चासो राख्ने देखेपछि युवा प्रतिनिधित्व हुनुपर्छ भनेर संस्थामा जोडिन पुगेका हुन ।

स्मार्ट एनआरएन

एनआरएनमा गैह्रआवासीय नेपालीको अपनत्व बनाउने, र एनआरएन स्मार्ट हुनुपर्छ भन्ने उनको धारणा छ ।

कसरी एनआरएनलाई स्मार्ट बनाउने ? कसरी गैह्रआवासीय नेपालीले एनआरएन हाम्रै लागि हो भन्ने अनुभव गर्छन त ?

एउटा सानो उदाहरण सहित उनी भन्छन, “त्यसका लागि मेरो पहिलो एजेण्डा कार्ड भएका व्यक्तिहरुलाई यहाँका संस्था, सेवाप्रदायक संस्था, बेल्जियममा लिनुपर्ने सेवाको बारेमा एनआरएनए कार्डलाई रिकग्नाइज गराएर सेवा लिने वातावरण सहज बनाउने हो । यहाँका नेपालीले त्यसको अपनत्व महसुस गर्न सकिन । कुनै सपिङ सेन्टरमा जाँदा एनआरएनए कार्ड देखाउँदा केही सहुलियत मिल्न सक्ने सेवा मार्फत समुदायलाई जोड्नुपर्छ ।

उनीहरुले पनि अपनत्व लिन सकेका छैनन । एनआरएनलाई सँधै दिनुपर्छ भन्ने छाप छ । एनआरएनले के दियो भन्ने प्रश्न छ । त्यो प्रश्नको जवाफ अपनत्वमार्फत दिनुपर्छ भन्ने मेरो सोच हो ।

स्मार्ट एनआरएनको लागि चाहिँ उनले अहिले आन्तरिक रुपमा डाटा कलेक्सनको कार्य सकिसकेको बताए ।

उनले एनआरएनलाई स्मार्ट एनआरएन बनाउन डाटा कलेक्सनको काम आन्तरिक रुपमा गरे ।

एनआएनमा आधुनिकीकरण, युवापुस्ताको प्रतिनिधित्व गर्नुपर्छ भनेर उनी एनआरएनए बेल्जियमको हालको कार्यकाल (१९÷२१) कार्यसमितिमा ब्रसेल्स क्षेत्रीय संयोजक रहेर काम गरेका छन । त्यतिबेला कोरोना महामारी उत्कर्षमा थियो । उनले भर्चुअल माध्यमबाट नै युवाहरुको टिमले भर्चुअल्ली नै अभियानहरु गर्न थाले । नेपालमा सहयोग गर्ने सिलसिलामा उनले अक्सिजन पठाउने, समस्यामा परेका नेपालीलाई सहयोग, राहतको अभियान चलाए ।

उनले भने, “एनआरएन बेल्जियममार्फत नेपालमा २० लाखको अक्सिजन कन्सन्टेटर मेसिन पठाएका छौँ ।” 

मातृभूमिमा स्किल ट्रान्सफर

एनआरएनले पैसा मात्र पठाएर हुँदैन भन्ने मान्यता उनको छ, त्यही मान्यतालाई उनले एजेण्डाको रुप दिएका छन ।

यसपटक के भिन्न हुनसक्छ भन्दा हामीले यहाँको नलेजलाई कसरी त्यहाँ लैजाने भन्ने बारेमा युवाहरुको टिममा गहन छलफल गरेका छौँ । पैसा उठाएर क्षणिक राहत त मिल्ला तर त्यसले दीर्घकालीन फाइदा भने गर्दैन । स्किल इन्भेस्टको योजना बनाउने र लगानी गर्ने हो ।

समग्रमा हामी युवाहरुको आगमन भइसकेपछि परम्परागत तरिकाले भइरहेका गतिविधि लजिकल्ली ठिक छन भने निरन्तरता दिने अन्यथा आधुनिक र क्रियटिभ प्रकारका कार्यक्रम अगाडि बढाउने भन्ने हाम्रो सोच हो । यसले एनआरएनको वितृष्णा हटाउनेछ भने राम्रो छाप पनि छोड्छ ।

जन्मथलोमा सहयोग

उनी पर्वत समाज बेल्जियमका सचिव पनि हुन । यो संस्था नितान्त पर्वतसँग सम्बन्धित छ ।

उनी भन्छन, “हामीले यो संस्थाबाट पर्वतलाई फोकस गरेका छौँ । कोरोना महामारीमा पर्वतमा तीन थान अक्सिजन कन्सन्टेटर मेसिन बेल्जियमबाट नै आइपुगेको छ । पर्वतको विकास र सहयोगको लागि, सामाजिक कामको लागि हामीले परम्परागत तरिकाले सहयोग गर्दै आएका छौँ । गर्ने पनि छौँ ।

यस्तो छ, भट्टको उम्मेदवारी घोषणापत्र

आदरणीय बेल्जियमबासी, आमा बुवा, दाजुभाई, दिदिबहिनीहरु तथा पत्रकार साथीहरूसम्पूर्णमा  हार्दिक नमन ।

बेल्जियमबासी हामी नेपालीहरुको साझा सस्था एनआरएनए बेल्जियमको कार्यसमिति १९÷२१ सहमति र सहकार्य को उदाहरण बन्न सफल रह्यो । फलत कोरोना महामारी बिचमा संस्थाले तय गरेका केहि सामाजिक कार्यक्रम भौतिकरुपमा प्रस्तुत गर्न नपाएपनि पारदर्शिताको उदाहरण दिदै विविध कार्यक्रम र नेपाली मन, मर्मसँग जोडिएका अभियानहरु सफल गर्यो भन्ने मेरो बुझाई छ ।

यो सब यहाँ हरुकै अग्रसरता, सहभागिता र एनआरएनए प्रति यहाँको अपनत्वको प्रतिफल हो । उक्त कार्यसमितिमा मलाई ब्रसेल्स संयोजकको भूमिकामा प्रस्तुत हुने अवसर प्रदान गरिदिनुहुने सम्पुर्ण लाइ पुन हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। 

युवाहरुको राम्रो संयोजन रहेको उक्त समितिमा विविध कार्ययोजना र लक्ष्य हुँदाहुँदै पनि कोरोना माहामारीको आगमनले केहि योजना भने अधुरै रहे, थाती रहे। तथापी, आफ्नो क्षमता मुताबिक केहि हदसम्म कार्यसमितिलार्इ विभिन्न कार्य सम्पादनमा सघाउन पाउदा खुसि लागेको छ । 

यो उत्साह यथावत नै छ र यहाहरुकै मायाले प्रेरित छ । आगामी कार्यकालमा पनि यहाँहरुको साथ मिल्ने विश्वास राख्दै थाती रहेका कार्य योजनाको कार्यन्वयन तथा कार्यसमितिको कार्यसम्पादनमा विशेष सहयोग गर्ने  इच्छा जाहेर गर्दै एनआरएनए आइसिसी बेल्जियमको कार्यकाल २०२१÷२०२३ को लागि सचिबवपदमा मेरो उम्मेदवारी घोषणा गर्दछु ।   

यहाँहरुको सुझावको अपेक्षा सहित मलाई लागेका मध्ये ३ मुख्य उद्धेश्य तथा इच्छाहरु ः

१.  बेल्जियमबासी नेपालीलार्इ मुख्य केन्द्रबिन्दुमा राखी बेल्जियममा रहेका सेवाप्रदायक संस्था, कम्पनिसँग सहकार्य गर्दै हाम्रो दैनिक जनजीवनमा प्रभाव राख्ने सेवासुविधाको सहजीकरण गर्ने खालका कार्ययोजनाको लागि समितिमा बृहत पहलकदमी गर्ने । ताकी बेल्जियमवासी हामी नेपालीको दैनिकीमा एनआरएनएको अपनत्व महसुस होस् । 

२. मातृभुमिसँग जोडिएको आर्थिक तथा सामाजिक पक्ष केन्द्रित कार्यक्रमहरुमा पूर्ण सहयोग गर्दै नेपाल सरकारद्वारा विविध उद्धेश्य सहित विदेशमा प्रवद्र्धन गर्न खोजिएका कार्यक्रमहरु दुतावाससँग सहकार्य गरि सफलताको लागि अधिकतम पहल गर्ने ।  

३ आइसिसी तथा एनसिसीले गर्ने नेपाली समाज प्रेरित कार्यमा आफ्नो क्षमता अनुसार पूर्ण बफादार रही काम गर्दै एनआरएनए प्रति युवा जागरण बढाउन प्रयत्न गर्ने ।  

धन्यवाद ।

सुवास भट्ट 

ब्रुस्सेल्स 

सचिव पदको उम्मेदवार

na
सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( प्रवास)