Correspondent, ParbatNepal
7 years ago
2153
कात्तिक ९, पर्वत । पर्वतको कुश्मा बजारमा संसार भरि छरिएर रहेका पर्वतेहरुको भेला हुने भएको छ् । पर्वत सेवा समाज यू.ए.ईले आयोजना गर्न लागेको शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रममा सहभागि हुन उनीहरु पर्वत आएका हुन् ।
यू.ए.ईले कात्तिक १० गते शनिवार पर्वतको कुश्मा अवस्थित युनिभर्सल पार्टी प्यालेसमा विजय दशमी, दिपावलीको शुभकामना सहित पर्वतको विकासका सन्दर्भमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । पर्वत जिल्ला घर भई विभिन्न पेशा तथा रोजगारीको शिलशिलामा विदेशमा रहेका नेपालीहरु सँग पर्वतको विकासमा कसरी काम गर्न सकिन्छ भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागेको पर्वत सेवा समाज यू.ए.ईका अध्यक्ष पर्शुराम पौडेलले जानकारी दिनुभयो ।
उक्त कार्यक्रमको उद्घाट्न राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सीनाले गर्नुहुने भएको छ । कार्यक्रममा अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरण गिरी, सह–कोषध्यक्ष विनोद पुरी, अन्तराष्ट्रिय पर्वत समाजका संरक्षक कुल आचार्य, अन्तराष्ट्रिय पर्वत समाजका संरक्षण गोविन्द सुवेदी लगायतका अन्तराष्ट्रिय पर्वत समाजमा रहेको विभिन्न व्यक्तिहरुको पनि उपस्थिती रहने छ ।
साथै कार्यक्रममा पर्वतका उच्च पदमा पुगेका व्याक्ति, साँसद, स्थानीय तहका प्रमुख, उपप्रमुख, राजनीतिक दल, वडाका अध्यक्षहरु, संघसंस्थाहरुका प्रतिनिधी लगायत विशिष्ट्र व्यक्तिहरुको उपस्थिती रहने छ । पर्वत समाज बेल्जियम, र्वत समाज जापन, पर्वत समाज यूकेले कार्यक्रम सफलताको शुभकानम व्यक्त गरेका छन् । कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।
