Author
Sajan Pariyar
Sajan Pariyar

Correspondent, ParbatNepal

7 years ago

1695




स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम– अधिकांश योजना सडकका
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम– अधिकांश योजना सडकका

मंसिर , पर्वत पर्वत क्षेत्र का प्रतिनिधीसभा सदस्य पदम गिरीले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत छनोट गरेका सबै योजना सडकका छन् सडका योजनालाई प्राथमिकतामा राखेर विद्युतका पोल, खेलमैदान, भवन लगायतका योजनामा पनि बजेट विनियोजन गरिएको  

संघिय सांसद पदम गिरीको संयोजकत्वमा बढिमा २० योजनामा करोड रकम विनियोजन गर्नसक्ने गरी बनेको निर्देशिका बमोजीम चालु आर्थिक बर्षमा १४ वटा योजनाहरु छनौट भएका छन ति मध्ये वटा योजनाहरु सडक पूर्वाधार तर्फ छन सडक मध्ये वटा सडकमा कालोपत्रेको काम शुरु हुनेछ भने बाँकी अर्को सडक यस बर्ष स्तरोउन्नती गरिनेछ

सांसद गिरीका अनुसार जलजला गाउँपालिकाको वारीवेनी देखि माझफाँट हुँदै लेकफाँट जाने सडकका लागि ५० लाख रकम विनियोजन भएको स्थानीय तह, प्रदेश संघिय सरकारको समेत बजेटलाई थप गरी उक्त सडकलाई पक्कि सडक बनाउने गरी काम अगाडि बढाईनेछ यसैगरी, जलजला गाउँपालिकाकै मिलनचोक शालिजा लेकफाँट सडकका लागि ४० लाख रकम विनियोजन भएको प्रदेश, स्थानीय तह संघिय सरकारको समेत थप बजेटको ब्यवस्थापन गरी यस सडकलाई पनि पक्कि बनाउने अभियान यसै बर्ष देखि सञ्चालन हुने सांसद गिरीले जानकारी दिए

यसैगरी, कुश्मा नगरपालिकाको साइकलचोकगहतेपोखराठुलिपोखरीखौला सडकका लागि ४० लाख रकम साझेदारीका लागि विनियोजन भएको सडक कालोपत्रेका लागि पूर्वाधार निर्माणमा उक्त रकम खर्च गर्ने गरी उक्त रकम विनियोजना गरिएको हो

उता, मोदी गाउँपालिकाको पातिचौरबाजुङक्याङ सडकलाई पक्कि सडक बनाउनका लागि यस बर्ष ४० लाख रकम साझेदारी गरिएको उक्त रकममा प्रदेश केन्द्रबाट समेत थप बजेटको ब्यवस्था उक्त सडकलाई पक्कि बनाउने गरी योजना गरिएको सांसद गिरीको भनाई

सडकको मर्मत सम्भारमा ठूलो बजेट खर्च हुँदै आएपनि सडक पक्कि नहुँदासम्म सडकको यात्रा कष्टकर बन्दै गएकाले अवको योजना सवै सडकलाई पक्कि बनाउने गरी योजना गरिएको सांसद गिरीले बताएका छन गिरीका अनुसार फलेवासको मुडिकुवा देखि टुटुंगा ढिक सडकलाई पनि कालोपत्रे गर्ने कार्य शुरु गर्न यस बर्ष ४५ लाख रकम विनियोजन गरिएको

मध्य दक्षिणमा रहेको महाशिला गाउँपालिकाको केन्द्रमा पुग्ने सडकलाई पनि पक्कि सडक बनाउने अभियान चालु आर्थिक बर्षबाट शुरु हुने भएको उक्त सडकलाई चालु आर्थिक बर्षका लागि ४० लाख रकम विनियोजन गरी उक्त रकममा साझेदार गर्दै सडकलाई पक्कि बनाउने कार्य शुरु हुने भएको

उता, दक्षिणी पर्वतमा रहेको बहुप्रतिक्षित सडक चिसापानी देखि हुवास हुँदै विहादी गाउँपालिकालाई जोड्ने सडकलाई कालोपत्रे गर्ने काम चालु बर्ष देखि नै शुरु हुने भएको

उक्त सडकका लागि ५० लाख रकम विनियोजन गरिएको यस सडकमा पनि प्रदेश स्थानीय तहको साझेदारी जुटाईने उता, पर्यटकीय सडकको रुपमा रहेको दक्षिण पर्वतको शालीग्राम पु्ग्ने छचन्ने चरकाङ सेतीबेणी सडकका लागि १५ लाख रुपैंयामा स्तरोउन्नतीमा खर्च गरिनेछ सवै सडकहरुमा स्थानीय तह, प्रदेश केन्द्रिय सरकारको थप बजेटको ब्यवस्थापनका लागि आफूले पहल गर्ने सांसद गिरीले बताए

 गिरीका अनुसार चालु बर्षमा सवै सडकको कालोपत्रेको काम शुरु हुनेछ उपलब्ध बजेटले जति सकिन्छ सडकलाई पक्कि बनाउने हो गिरी भन्छन–‘सडकको काम पुरा नहुँदा अर्को बर्ष पनि पूर्वाधार साझेदारी कार्यक्रमबाट बजेट विनियोजन हुनेछ स्थानीय, प्रदेश संघको थप बजेट विनियोजन गर्न सकेमा सडकहरुको कालोपत्रे काम छिट्टै पुरा गरिने सांसद गिरीको भनाई थोरै बजेटमा गुणस्तरीय काम हुनेमा गिरीले विश्वास ब्यक्त गरे

यसैगरी कार्यक्रम अन्तर्गत अन्य पूर्वाधार तर्फ सुन्दरे खोला सिंचाई योजना (चुवा , साविक), तारेभिर सामुदायिक भवन निर्माण (कुश्मा ), पशुपति मावि राम्जा मञ्च निर्माण, भुक माझगाउँ खेल मौदान निर्माण, बृहद कुर्घा दुग्ध उत्पादक समूह भवन, चिलिङ भाट् निर्माण गरी वटा योजनामा प्रत्येक योजनामा १० लाखका दरले बजेट विनियोजन गरिएको

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)