Correspondent, ParbatNepal
7 years ago
1800
मंसिर ६, पर्वत । नेपाल पत्रकार महासंघ पर्वत शाखाले विभिन्न निर्णय गरेको छ । बिहीवार वसेको पत्रकार महासंघ पर्वतको दशौँ साधारण सभा आगामी मंसीर १४ गते आयोजना गर्ने निर्णय गरेको छ ।
त्यस्तै पर्वत शाखाले प्रदान गर्दै आइरहेको सृजनशिल पत्रकारिता पुरस्कार पनि १४ गते नै वितरण गर्ने निर्णय गरेको छ ।
पुरस्कार छनौट समितिले गरेको सिफारिसका आधारमा पत्रकारहरुलाई पुरस्कार वितरण गर्ने निर्णय गरिएको अध्यक्ष छविलाल तिवारीले जानकारी दिनुभयो । तिवारीका अनुसार सृजनशिल पत्रकारिता पुरस्कार बर्ष २०७० को नयाँ पत्रिकाका पर्वत संवाददाता सन्तोष थापा, बर्ष २०७१ को पुरस्कार गोरखापत्र दैनिकका पर्वत संवाददाता गणेश पौडेल, बर्ष २०७२ को पुरस्कार अन्नपूर्ण पोष्ट दैनिकका संवाददाता माया अधिकारीलाई वितरण गर्ने निर्णय भएको छ । त्यस्तै बर्ष २०७३ को पुरस्कार कान्तिपूर दैनिकका पर्वत संवाददाता अगन्धर तिवारी, बर्ष २०७४ को पुरस्कार बुद्ध सन्देश अनलाईनका संवाददाता राजबाबु पिसी र बर्ष २०७५ को पुरस्कार पर्वत नेपाल अनलाईनका प्रतिनिधी एवं रेडियो नेपालका पर्वत संवादाता रोशन तिवारीलाई प्रदान गरिने भएको छ ।
दशौं साधारण सभाका दिन महासंघमा आवद्ध सदस्यहरुका वीच मैत्रीपूर्ण बनभोज कार्यक्रमको समेत आयोजना गर्ने गरी उपाध्यक्ष प्रनिश गिरीको संयोजकत्वमा सदस्यहरु कृष्ण अखेली, उत्तम अधिकारी, साजन परियार र महेन्द्र जिसी सदस्य रहेको ब्यवस्थापन समिति गठन गर्ने निर्णय गरिएको छ ।
