Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1951




साहित्यकार टुकनाथ रेग्मी‘ बेलूराम’ को कविता संग्रह विमोचन
साहित्यकार टुकनाथ रेग्मी‘ बेलूराम’ को कविता संग्रह विमोचन

मंसिर ८, पर्वत । साहित्यकार टुकनाथ रेग्मी‘ बेलूराम’ को कविता संग्रह हरिताराको विमोचन गरिएको छ । राष्टियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले बेलूरामको कविता संग्रहको लुँखुमा विमोचन गर्नुभएको हो ।

पर्वतको फलेवास ३ रुग्दी घर भई हाल महाशिला गाउँपालिकामा सरकारी सेवामा संलग्न साहित्यकार बेलूरामको १८० पृष्ठ भएको गितिकविता संग्रहमा बैदेशिक रोजगारीले परिवार र समाजमा ल्याउने विचलनलाई प्रस्तुत गरिएको छ ।

उक्त कविता संग्रहमा हरि र तारालाई पात्रको रुपमा प्रस्तुत गरिएको छ । हरि बिदेश गएपछि घरमा तारालाई पर्ने समस्या यसमा समाबेश गरिएको छ । देशमा प्रचुर संभावना हुँदा हुँदै विदेश नजान बरु यहिँ दुःख सुख गरि जीवन विताउन कविताका भावहरुले बोलेका बेलूरामले बताउनुभयो ।

उहाँले यसअघि बेलूराम खण्डकाव्यमा पनि यस्तै कथा समेट्नुभएको थियो । त्यहि कृतिपछि टुकनाथ रेग्मीलाई बेलूराम नामले चिनाएको थियो ।

 

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)