Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

3079




कालीगण्डकी नदीमा हामफाली किशोरी बेपत्ता
कालीगण्डकी नदीमा हामफाली किशोरी बेपत्ता

मंसिर ९, पर्वत । कालीगण्डकी नदीमा हाम फालेर एक किशोरी बेपत्ता भएकी छन् । पर्वत र गुल्मी जोड्ने झोलुङगे -इमिचौर– पुर्तिघाट_ पुलवाट हाम फालेर बिहादी गाउँपालिका–३ रानीपानीका राजु श्रेष्ठकी माईली छोरी १७ बर्षिय मेनुका श्रेष्ठ कालीगण्डकी नदीमा हाम फालेर बेपत्ता भएकी हुन् ।

नदिमा हाम फालेर बेपत्ता भएकी श्रेष्ठको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ । विहान साढे सात बजे नदिमा हाम फालेकी  श्रेष्ठको अहिलेसम्म पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतका इन्सपेक्टर राजन रायमाझीले बेपत्ता किशोरीको खोजीकार्य भईरहेको जानकारी दिए । उनले भने,‘हामीले बेपत्ता किशोरीको खोजी कार्यका तिब्र गतिमा गरिरहेका छौँ ।’

बेपत्ता किशोरीको खोजी कार्यका लागि पर्वत र गुल्मीवाट प्रहरी परिचालन भईरहेको छ ।

 

 

 

 

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)