Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

9286




काठमाडौवाट पर्वतका ८ बर्षीय बालक बेपत्ता, कुकुरको सहयोगमा खोजी कार्य जारी
काठमाडौवाट पर्वतका ८ बर्षीय बालक बेपत्ता, कुकुरको सहयोगमा खोजी कार्य जारी

मंसिर १२, पर्वत . मंगलबार राजधानीको गोंगबुबाट एक ८ वर्षीय बालक हराएका छन् । पर्वतको बिहादी गाउँपालिका वडा नं २ बर्राचौरका घर भइ हाल गोंगबुमा होटल व्यवसाय गर्दै आएका प्रवीण कुँवरका छोरा ८ वर्षीय बालक प्रयास कुँवर मंगलबार साँझबाट बेपत्ता छन् । उनी कक्षा १ मा पढ्दै आएका थिए ।

बेपत्ता भएका बालक प्रयासका हजुरबुवा ओमप्रसाद कुवँर बिहादी वडा नं २ का वडा अध्यक्ष हुन ।बुबा प्रवीणका अनुसार होटल परिसरमै खेलिरहेका प्रयास मंगलबार साँझबाट सम्पर्क्विहीन छन् ।

उनले भने, ‘हामीले महानगरीय प्रहरी प्रभाग, गोंगबुमा खोजतलासका लागि निवेदन दिएका छौं । यता प्रहरी निरिक्षक मोहन केसीका अनुसार सामखुशीमा रहेको बाजेको सेकुवासम्म बच्चा गएको नेपाल प्रहरीको कुकुरले पत्ता लगाएको छ । उनले भने,‘कुकुर सामाखुशीसम्म गएको त्यहाँ बाजेको सेकुवा सम्म पुग्यो अनि रोकियो । यदि बच्चा गाढीमा चढेको भए कुकुरले पत्ता लगाउन सक्दैन, तर पनि प्रयास जारी छ ।’

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)