
Correspondent, ParbatNepal
11 months ago
592

पर्वत– चार भन्ज्यांग तमु समाज वेलायतले यहाँका एक व्यक्तिलाई आर्थिक सहयोग गरेको छ । उपचारका लागि सहयोग पु¥याउने उद्देश्यले पर्वतको कुश्मा नगरपालिका–४ मा बस्ने मिनवहादुर परियारलाई नगद ५ लाख १९ हजार ९ सय ६१ रुपैयाँ सहयोग गरेको पर्वत वेलफेर सोसाईटी यूकेका सल्लाहकार तथा चार भन्ज्यांग तमु समाज वेलायतका अध्यक्ष मेजर कृष्ण गुरुङले जानकारी दिनुभयो ।
उहाँको उपचारको निमित्त उठेको रकम हालसालै चार भन्ज्यांग तुम समाज काठमाडौका अध्यक्ष मेजर नारायण गुरुङ, कोषाध्यक्ष मेजर धनवहादुर गुरुङ र महासचिव विजय गुरुङले परियारलाई अस्पतालमा पुगेर सहयोग गरेका थिए । सहयोग गर्ने सहयोगदातालाई धन्यवाद ज्ञापन गरिएको छ ।
मिन परियारको के.मा.सी हस्पिटल सिनामंगल काठमाडौँ उपचार भईरहेको छ । लामो समयदेखी उपचारमा गराउँदै आउनु भएको परियार अहिले आई.सी.यूवाट सामान्य बेडमा स्थानान्तर गरिएको परिवार स्रोतले जनाएको छ ।
पटक–पटक अप्रेशन गर्नुपरेका कारण परिवारले सहयोगका लागि सबैलाई आग्रह गरेको छ ।