Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

2111




सरकारी छाप किर्ते गर्ने पौडेल पूर्पक्षका लागि कारागार चलान
सरकारी छाप किर्ते गर्ने पौडेल पूर्पक्षका लागि कारागार चलान

पर्वत– कम्प्यूटर ईन्स्टीच्यूटमा विभिन्न सरकारी कागजात र छाप दूरुपयोग गरेको आरोपमा पक्राउ परेका पर्वतको कुश्मामा व्यवसायी राजु पौडेललाई पूर्पक्षका लागि कारागार चलान गरिएको छ ।


जिल्ला अदालतका न्याधिश सूर्यबहादुर थापाको ईजलासले पौडेललाई पूर्पक्षका लागि थुनामा राख्ने मंगलवार आदेश दिएको हो । जिल्ला अदालतका स्रस्तेदार दयाराम पोखरेलका अनुसार मुद्धाको किनारा नलागेसम्मका लागि पौडेललाई अदालतको आदेशले कारागार चलान गरिएको हो । जिल्ला अदालतमा बयान भने जारी रहने पोखरेलले जानकारी दिनुभयो ।

सरकारी कागजात दुरुपयोग गरेकोले पौडेललाई सरकारबादी मुद्धा अन्तर्गत बयान लिने काम भैरहेको छ । नयाँ मुलुकी संहिता अनुसार सरकारी कागजात दुरुपयोग गर्नेलाई ४ वर्ष कैद र ४० हजार जरिवाना भराउने व्यवस्था रहेकोे छ । तर, मुद्धा चालु अवस्थामै रहेकोले कारबाहीको टुंगो लाग्न अझै ३÷४ महिना लाग्ने स्रास्तेदार पोखरेलले जानकारी दिनुभयो ।  

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)