Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

2140




बाजुङ चिनाउन दुर्गा गुरुङ ‘मिलन’ को बृत्तचित्र
बाजुङ चिनाउन दुर्गा गुरुङ  ‘मिलन’ को बृत्तचित्र

पर्वत– पर्वत सँगै आफ्नो जन्मस्थानलाई संसारभरी चिनाउने उद्देश्यले समाजसेवी दुर्गा गुरुङ ‘मिलन’ले साविक बाजुङ गाविसको बृत्तचित्र निर्माण गरेका छन् । विशेष गरि मोदी गाउँपालिका सँगै साविक बाजुङ गाविसलाई समेटेर बनाईएको बृत्तचित्र यूटयुब मार्फत सार्वजानिक भईसकेको छ । गुरुङले मिलन डि.जि इन्टरनेश्नल प्रा.लि.मार्फत बृत्त चित्र सार्वजानिक गरेका हुन् । उक्त यूटयुब च्यानल गुरुङले संचालनमा ल्याएको धेरै बर्ष भयो । बृत चित्र सामजिक सञ्चाल मार्फत निकै भाईरल बनेको छ । वृत्तचित्र दर्शकले निकै रुचाएको पाईन्छ ।

३० मिनेटको यो बृत्तचित्रले बाजुङको ऐतिहासिक, धार्मिक,पुरातात्विक एवम् यहाँ कला संस्कृति रितिरिवाज महत्वलाई प्रस्तुत गरीएको छ । बृत्तचित्रमा हिमाल,पहाड, बाजुङमा फुल्ने सुन्दर फुल, हरियाली क्षेत्र, जीब, बनस्पतिं बाजुङका धार्मिक एवम् पर्यटकिय दृष्यहरु समेटिएका छन् । बृत्तचित्रको बिशेष आकर्षण र महत्व भनेको त्यस भित्र साविक बाजुङ गाविसको सबै भौगलिक बनावट, वात पतिङगर, हावापानी, माटो, विभिन्न जातजातीका रितिरिवाज, परम्परा कला संस्कृति लगायत सबै कुरा समेटिएको पाइन्छ । बृतचित्र पछिल्लो समय भाईरल भएको पाइन्छ ।

बृत्तचित्र प्रति आफ्नो धारण राख्दै बाजुङ जन्मिएर लामो समयदेखी पत्रकारिता पेशमा सक्रिय सन्तोषी क्षेत्रीले सरकार र कोषले गर्नु पर्ने काम समाजसेवी दुर्गा घोताङ ‘मिलन’ले गरेको भन्दै गुरुङको प्रशंसा गर्नुभयो । बाजुङको विकासमा  स्थानिय जनप्रतिधि र सोही ठाउँका राजनितिकर्मी  तल्लीन नभएको अवस्थामा गुरुङको एकल प्रयासले भने बाजुङको बिकासमा ठुलो टेवा पुगेको स्थानियहरु बताउछन् ।

बृत्तचित्र निर्माणमा आफ्नो कुनै स्वार्थ नभएको गुरुङको भनाई छ। ‘बाजुङ मेरो जन्मिएको भूमि हो । आफु जन्मेको ठाउँको प्रचारप्रसार गर्नु मेरो दायित्व हो ।’ लामो समयदेखी सामजिक क्षेत्रमा क्रियाशिल गुरुङ चलचित्र निर्माता पनि हुन् । उनले गुरुङ भाषामा आधारित थुप्रै चलचित्र निर्माण गरेका छन् । उनी मिलन ट्रष्ट २०७४ का संरक्षक हुन् ।   लामो समयदेखी गुरुङ हङकङमा बस्दै आएका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस्



सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)