Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

2 years ago

814




पर्वत समाज जापानको अध्यक्षमा जोशी
पर्वत समाज जापानको अध्यक्षमा जोशी

पर्वत 

पर्वत समाज जापानको हालै सम्पन्न पाँचौ अधिवेशनले सुजन जोशीको अध्यक्षतामा २७ सदस्यीय कार्यसमिति निर्विरोध रुपमा चयन गरेको  


महेशकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनबाट समाजको उपाध्यक्षमा हरि पराजुली, सुवास लामिछाने र मुक्ति रेग्मीलाई  चयन गरेको छ । त्यस्तै महासचिवमा जनक सुबेदी र कोषाध्यक्षमा बसन्त कुमार जोशी चयन भएका छन् ।

त्यसैगरी अधिवेशनले सचिवमा बिनोद न्यौपाने र अनिल पन्त चयन गरेको छ भने सह कोषाध्यक्षमा श्याम कुँवर चयन चएका हुन् । अधिवेशनले कार्यसमितिको प्रवक्तामा रविन शर्मालाई चयन गरेको छ ।

अधिवेशनले रविन शर्मा, जीवन गुरुङ, राम बास्तोला, नारायाण पौडेल, दिपक न्यौपाने, रामचन्द्र सापकोटा, कृष्णप्रसाद भुषाल, मुक्तिप्रसाद सापकोटा, युवराज काफ्ले, भिम भट्टराई, बिबेक पाठक, दिपक गुरुङ, राजेन्द्र भुषाल, प्रेम भट्टराई, गणेश सुवेदी, रमेश जिसी र बिमल न्यौपानेलाई सदस्यमा चयन गरेको छ ।


समाजसेवी तथा एनआरएनए अभियन्ता ओम गुरुङको संयोजकत्वमा ओएनएफ अध्यक्ष महेन्द्र श्रेष्ठ र पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले सम्मिलित निर्वाचन मण्डलबाट कार्यसमितिको चयन भएको थियो । अधिवेशनमा बसन्तकुमार जोशीद्वारा प्रस्तुत आर्थिक र जनक सुवेदीद्वारा प्रस्तुत संस्थागत कार्य प्रगति प्रतिवेदन पारित भएको थियो ।

samudrapari.com
सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( प्रवास)