Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1626




एघारौं गण्डकी प्रदेश स्तरिय महिला महोत्सवको तयारी तिव्र
एघारौं गण्डकी प्रदेश स्तरिय महिला महोत्सवको तयारी तिव्र

पर्वत कुश्मा । रेडियो दिदीबहिनी ९५.२ मेगाहर्ज पर्वतको आयोजनामा हुन लागेको एघारौं गण्डकी प्रदेश स्तरीय महिला महोत्सव तथा रेडियोको नवौं बार्षिकोत्सव कार्यक्रम झण्डै एक महिना अगाडि सारिएको छ ।

यस अगाडि फागुन १७ देखि २५ गतेसम्म महोत्सवको आयोजना गर्ने गरी तयारी भैरहेको भएपनि अब भने यही माघ २५ देखि फाल्गुण ५ गते सम्म आयोजना गर्न लागिएको रेडियो दिदीबहिनीकी अध्यक्ष कल्पना चापागाईँले आज पत्रकार सम्मेलन गरि जानकारी दिनुभएको छ । 

महोत्सवमा मुख्य आकर्षणको रुपमा राष्ट्रिय स्तरको महिला भलिबल प्रतियोगिता राखिएको र सोही समयमा भलिबलको महिला राष्ट्रिय टिम अन्यत्रका प्रतियोगितामा पनि जानुपर्ने सेड्युल रहेका कारण खेलाडीको समय व्यवस्थापनको लागि महोत्सवलाई अघि सारिएको चापागाईँको भनाई छ । महोत्सवमा महिला भलिबल प्रतियोगिता, दौड लगायत विभिन्न प्रतियोगिता आयोजना गरिँदै छन ।

तेश्रो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता २०७५ माघको २८, २९ र फागुन १ गते तीन दिन सम्म चल्नेछ । गत वर्ष जस्तै कम्तीमा ६ टोलीबीच हुने प्रतियोगिताको विजेताले २ लाख, दोस्रो टोलीले १ लाख र तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा तीन विभागिय टोली त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी क्लब, नेपाल एपिएफ क्लबसहित न्यू डायमन्ड एकेडेमी, पश्चिमाञ्चलको कुनै एक टोली, आयोजक दिदिबहिनी क्लबको सहभागिता रहने लगभग निश्चित छ ।

यसपटक अन्य २ क्लब पनि थप हुन सक्नेछन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरि लिग कम नकआउटका आधारमा खेल हुनेछ । यस्तै खुल्ला दौड प्रतियोगिताको विजेताले २५ हजार, दोस्रो हुनेले १५ र तेस्रो हुने खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । दौडमा महिला पुरुषले एकै पटक दौडने छन् । भलिबल प्रतियोगिताको उद्घाटनकै माघ २८ गते दौड आयोजना गर्ने योजना रहेको छ ।

भलिबल प्रतियोगिताका दौरान जनप्रतिनिधि र संचारकर्मी बीच मैत्रीपूर्ण भलिबल खेलको पनि आयोजना गरिने रेडियोले जनाएको छ । २०६६ साल फागुन २४ गते १०९ औं अन्तर्रा्ष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा स्थापना भएकोे रेडियोले स्थापना कालदेखि नै पश्चिमाञ्चल स्तरीय महिला महोत्सवको आयोजना गर्दै आएको छ ।

महिलाहरुको प्रतिभाको उजागर र सीपको प्रदर्शन हुँदै आएको महोत्सवमा यसवर्ष महिला भलिबल, दौडसहित प्रथम दिदीबहिनी डान्स आईडल, रत्यौली प्रतियोगिता, भजन प्रतियोगिता, उत्कृष्ट ¥याली तथा झाकी प्रदर्शन प्रतियोगिता हुनेछ ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)