Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1608




मुडिकुवामा मकै भण्डारण गृह निर्माण-मन्त्री लम्सालद्धारा उद्घाटन
मुडिकुवामा मकै भण्डारण गृह निर्माण-मन्त्री लम्सालद्धारा उद्घाटन

पर्वत । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत सञ्चालित मकै जोनले मैक भण्डारण गृह निर्माण गरेको छ । फलेवास नगरपालिका ४ मुडिकुवामा मकै भण्डारण गृह निर्माण भएको हो ।

मकै जोनमा समेटिएका क्षेत्रका कृषकहरुले उत्पादन गरेको मकै भण्डारण गर्न समस्या भएपछि भण्डारण गृह बनाइएको कृषि जोनका कृषि अधिकृत हेमशर्मा तिवारीले जानकारी दिनुभयो । ५०० हेक्टर क्षेत्रफलमा कृषकहरुले मकै र मकैको बीउ उत्पादन गर्दै आईरहेका छन् । २७ मेट्रिक टन मकै भण्डारण गर्ने क्षमताको भण्डारण गृह तयार भएको तिवारीले बताउनुभयो । २०७३ सालमा साविकका ७ वटा गाविस समेटेर जोन बनाइएको थियो । ३ वटा सहकारी र २५ समूहमा आवद्ध भएका कृषकहरुले मकै उत्पादन गर्दै आईरहेका छन् । मकै भण्डारण गृह बनाएपछि मकैको बीउ राम्रो भाउ पाउने कृषकहरुको अपेक्षा छ ।

मकै भण्डारण भवनको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बिकास लम्सालले उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै लम्सालले कृषि आधुनिकिकरण नभई आर्थिक समृद्धि नहुने बताउनुभयो । कृषि नै आर्थिक समृद्धिको पहिलो आधार रहेकाले कृषिलाई आधुनिकिकरण र प्रविधियुक्त बनाउन सरकारले प्राथमिकता दिएको लम्सालले बताउनुभयो । अर्को प्रसंगमा बोल्दै मन्त्री लम्सालले संघीय संसदले दिनुपर्ने ऐन कानून र प्रदेश सरकारले बनाउनुपर्ने ऐन नियमहरु बनाउन ढिलाई भएका कारण सरकारले गति लिने नसकेको बताउँदै आगामी फागुन महिनादेखि तिब्र गतिमा विकास हुने बताउनुभयो ।

 कार्यक्रममा फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले स्थानीय तह र प्रदेश सरकारका कार्यक्रमहरुको प्रकृति एउटै बनाउन नहुने बताउनुभयो । उहाँ प्रदेश सरकारले स्थानीय सरकारहरुसँग आवश्यक समन्वय गरेर आफ्ना कार्यक्रमहरु सञ्चालन गर्न आग्रह गर्नुभयो । फलेवास नगरपालिकाका उपप्रमुख मञ्जु अधिकारीले नगरको समृद्धिका लागि नगरवासीहरुको आवश्यकता र चाहना अनुरुपका कार्यक्रमहरु संचालन गरिएको बताउनुभयो । कार्यक्रममा कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख बासुदेव रेग्मी, फलेवास नगरपालिकाका प्रवक्ता टिकाराम गौडेल, स्थानीय युवा लकास सुवेदी लगायतले बोलेका थिए ।

सो अवसरमा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना मकै जोन पर्वतका बरिष्ठ कृषि विकास अधिकृत महेन्द्रराज कोडालले कार्यालयका गतिविधि र प्रगतिका बारेमा बोल्नुभएको थियो ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)