Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1890




पर्वत वेलफेर सोसाईटी यूकेको बैठकले ग¥यो महत्वपूर्ण निर्णय
पर्वत वेलफेर सोसाईटी यूकेको बैठकले ग¥यो महत्वपूर्ण निर्णय

पर्वत– पर्वत वेलफेर सोसाईटी यूकेको बैठक सम्पन्न भएको छ । अध्यक्ष नेत्र आलेको अध्यक्षतामा सम्पन्न भएको बैठकले विभिन्न निर्णय गरेको छ ।

बैठकले पर्वत वेलफेर सोसाईटी यूकेको संस्थापक अध्यक्ष एवम् अन्तराष्ट्रिय पर्वत समाजका प्रमुख संरक्षक हितकाजी गुरुङ,पूर्व अध्यक्ष एवम् अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरी, पूर्व अध्यक्ष दधि आचार्य, नरजंग गुरुङ, रसवहादुर गुरुङ, गैरआवासीय नेपाली संघका उपाध्याक्ष कुल आचार्य, तमू धिका उपाध्याक्ष हरि गुरुङ, जुमकाजी गुरुङ, मगर संघ यूकेका संस्थापक अध्यक्ष थर्क राना लगायत ६१ जनालाई सल्लाहकारमा चयन गरेको पर्वत वेलफेर सोसाईटी यूकेका अध्यक्ष नेत्र आलेले पर्वत नेपाललाई जानकारी दिनुभयो ।

पर्वतवाट यूकेमा आएर विशेष योगदान पु¥याउने व्यक्तिलाई सल्लाहकारमा नियुत्ति गरिएको उहाँको भनाई छ । त्यस्तै पर्वत वेलफेर सोसाईटी यूकेले नेपाली नयाँ बर्ष २०७६ यूकेको एम्पाएर हल अल्डरसटमा मे ४ मा मनाउने निर्णय गरेको छ । कार्यक्रमलाई साँगितिकमय बनाउन राष्ट्रिय स्तरका चर्चित गायक कुलेन्द्र वि.कको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ । कार्यक्रममा बेलायत स्थित नेपाली राजदुतलाई प्रमुख अतिथीको रुपमा निमन्त्रण गरिने भएको छ ।

साथै बैठकले उपचार्थ पर्वतको महाशिला गाउँपालिकाकी तिल कुमारी क्षेत्रीको सहयोगार्थ रकम संकालन भईरहेको जानकारी गराउँदै आगामी हप्तासम्ममा उक्त हस्तान्तरण गर्ने भएको छ । साथै तिलकुमारी क्षेत्रीको उपचारमा सहयोग पु¥याउन सहयोग गर्ने व्यक्तिलाई फेव्रवरी ३ सम्म रकम जम्मा गरिदिन अनुरोध गरेको छ ।

उक्त संकलन रकम फेव्रवरी ४ मा हस्तान्तरण गर्ने संस्थाले जनाएको छ ।  साथै बैठकमा अध्यक्ष नेत्र आलेले सचिब प्रकाश न्यौपानेलाई प्रवक्ताको जिम्मेवारी दिईएको छ ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)