Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1532




रेडियो दिदिबहिनीद्धारा आयोजित महिला महोत्सवको तयारी पुरा
रेडियो दिदिबहिनीद्धारा आयोजित महिला महोत्सवको तयारी पुरा

पर्वत नेपाल–संवाददाता । पर्वतमा रेडियो दिदिबहिनीले आयोजना गरेको एघारौँ महिला महोत्सवको तयारी लगभग पुरा भएको छ ।

रेडियोले माघ २५ गतेबाट फागुन ५ गतेसम्म आयोजना गर्न लागेको महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

सांस्कृतिक कार्यक्रम, भजन, रत्यौली, डान्स आईडल, खुल्ला दौड, ¥याली तथा झाँकी प्रतियोगिताको तयारी पुरा भएको छ । खेलकुद अन्तर्गत दुई लाख पुरस्कार राशीको दिदिबहिनी कप महिला भलिवल प्रतियोगितामा ३ विभागिय टोली सहित पश्चिमाञ्चल भलिवल संघ र आयोजक रेडियो दिदिवहिनीको टोलीले सहभागिता जनाउन निवेदन दिएका छन् ।

महोत्सवको पहिलो दिन पर्वतबाट देशका विभिन्न बिशिष्ट पदमा पुगेका व्याक्तिलाई सम्मान गरिने भएको छ । रेडियोकी अध्यक्ष कल्पना चापागाईले यसवर्षको महोत्सवमा आकर्षणको रुपमा नेपाली गितमा नाच्ने उँट समेत प्रदर्शनमा राख्न लागिएको बताउनुभयो ।

कला र सस्कृतिको रक्षा, घरेलु बस्तुको प्रर्बदन सहित एकल महिला, अपाङ, जेष्ठ नागरिक, अनाथ बालबालिकालाई सहयोग र सम्मान गर्ने तयारी भएको चापागाईले बताउनुभयो ।

 राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती पनि महोत्सवका आकर्षण रहेको उहाँले बताउनुभयो ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)