Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

3 months ago

223




पर्वत समाज जापानको बार्षिक साधारण सभा हुँदै
loading...
पर्वत समाज जापानको बार्षिक साधारण सभा हुँदै

पर्वत– पर्वत समाज जापानको बार्षिक साधारण सभा हुने भएको छ । समाजको बैठकले मार्च ९ गते साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभा टोकीयोको सिनअोकुवोमा रहेको डवका नेपाली रेष्टुटेन्टमा आयोजना गरिने भएको छ । मार्च ९ तारिक शनिवार राती १० बजे बाट आयोजना गरिने साधारण सभामा संस्थाका सदस्यहरु लगायत जापानमा रहनु भएका पर्वतेली सहित अन्य नेपाली अग्रजहरुको उपस्थिती रहने छ ।

संस्थाले बार्षिक रुपमा गरेका कामको समिक्षा गरि गामी कार्ययोजनाहरुको प्रतिवेदन प्रस्तुत गरिने छ । प्रतिवेदनका विषयमा छलफल गरि आगमी बर्षमा संस्थालाई गतिशिल रुपमा अगडी बढाईने अध्यक्ष जोशीले बताउनु भयो । साथै उहाँले साधारण सभामा सहभागि भईदिन सवैलाई आग्रह गर्नुभएको छ ।

सम्बन्धित समाचार ( प्रवास)