Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 months ago

287




बृहत भेला को लागि बेल्जियम को टोली दुवईमा
loading...
बृहत भेला को लागि बेल्जियम को टोली दुवईमा

आगामी फेब्रुअरी २८ र मार्च १ तारिखका दिन युएईको दुवईमा हुन गईरहेको अन्तराष्ट्रिय पर्वत समाजको बृहत भेलामा सहभागी हुनका लागि विभिन्न देशबाट सहभागी दुवई पुग्ने क्रम शुरु भएको छ ।

यसै क्रममा अन्तराष्ट्रिय पर्वत समाजका उपाध्यक्ष झलक केसी सहितको टोली मंगलबार बिहान दुबई आइपुगेको हो। कार्यक्रममा सहभागी हुन केसीको अलाबा अन्तराष्ट्रिय पर्वत समाजका संरक्षक गोविन्द सुबेदी र सुबाश जोशी , समितीका सदस्य किरण पुन एनआरएन बेल्जियमका कोषाध्यक्ष एवम पर्बत समाज बेल्जियम का दर्शन गुरूड., कमला गुरुङ लगायत हुनु हुन्छ। 

उहाहरुलाई पर्वत सेवा समाज युएईका पदाधिकारीले विमानस्थलमा स्वागत गर्नु भएको थियो ।

फेब्रुअरी २८ र मार्च १ तारिख को दिन दुवईमा मा हुने बृहत भेला र सांस्कृतिक कार्यक्रममा राष्ट्रियस्तरमा ख्यातीप्राप्त गायक बिमलराज क्षेत्री, कुलेन्द्र वि क, कृष्ण समिप सुबेदी र सुस्मा लोहनीको सहभागिता रहने बताइएको छ । त्यस्तै अन्तरास्ट्रिय पर्बत समाजका सदस्य सस्था ९ र प्रतिनिधि सस्था १४ गरि २३ देशका पवतेहरुका साथै संस्थाका केन्द्रिय संरक्षक, सल्लाहकार र केन्द्रिय समितिको उल्लेखय उपस्थिति रहने बताइएको छ । साथै नेपालबाट जनप्रतिनिधी, व्यवसायी, पत्रकार लगायत पञ्चासे परियोजनाको टिमको समेत सहभागिता हुने कार्यक्रम छ ।

na
सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( प्रवास)