Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

2 months ago

99




दुवईमा रहेका नेपालीलाई खुशीको खवर : कार्लटन टावरमा साँस्कृतिक साँझ
loading...
दुवईमा रहेका नेपालीलाई खुशीको खवर : कार्लटन टावरमा साँस्कृतिक साँझ

पर्वत– ‘आजको आवश्यकता, प्रवासी पर्बतेहरुको एकता÷समुन्नत, समृद्ध पर्वत निर्माणमा हाम्रो अभियान’ भन्ने मुल नाराका साथ अन्तराष्ट्रिय पर्वत समाजको आयोजना र पर्वत समाज यूएईको व्यवस्थापनमा आयोजना भएको बृहत अन्तराष्ट्रिय भेला तथा साँस्कृतिक कार्यक्रम शुरु भएको छ ।

आजवाट शुरु भएको कार्यक्रममा भोली सम्पन्न हुने आयोजकले जनाएको छ । कार्यक्रममा पर्वत जिल्लाको विकास र समृद्धिका विषयमा छलफल हुने छ । कार्यक्रममा पर्वतमा जन्मिएका संसार भरि छरिएर रहेका पर्वतेहरु सँगै पर्वतवाट निर्वाचित जनप्रतिनिधीहरुको सहभागिता रहने छ ।

 कार्यक्रममा राष्ट्रियस्तरका कलाकार बिमलराज क्षेत्री, कुलेन्द्र विश्वकर्मा, कृष्ण समिप सुवेदी र सुस्मा लोहनीको साँस्कृतिक प्रस्तुती रहने छ । कार्यक्रममा दुवईमा रहेका सम्पुर्ण नेपालीलाई आउन चुले निम्तो गरिएको छ । 

कार्यक्रम कार्लटन टावर देरा दुवईमा आयोजना हुने आयोजकले जनाएको छ । 
सम्बन्धित समाचार ( प्रवास)